चासोक २०७५ सम्बन्धी सूचना
चासोक २०७५ सम्बन्धी सूचना सदाका वर्षहरुमा झै यस वर्ष २०७५मा पनि हामी लिम्बु आदिवासीहरुको महान राष्ट्रिय चाड चासोक तङनामको उपलक्ष्यमा किरात याक्थुङ चुम्लुङका सबै तहका समितिहरुलाई आआफनो भुगोल क्षेत्रमा सृजनात्मक कार्यक्रमहरुको आयोजना सहित मान्न मनाउन सबैमा अनुरोध गरिन्छ । यस प्रसंगमा थप यो कुरामा जोड दिइन्छ कि विशेषतः गाउँपालिका र नगरपालिकास्तरमा यी कार्यक्रमहरु आयोजना होस् र आफु वरपरका सबै लिम्बुजन्य संस्थाहरुसंगको सहकार्य र समन्वयमा होस् । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यालय