2018-11-20

उदय कला पुरस्कार – २०५२

उदय कला पुरस्कार – २०५२

प्रस्तावना

किरात याक्थुङ चुम्लुङले लिम्बु जातिको भाषागत गीत, संगीत, हाक्पारे साम्लो मुन्धुम साम्लो, पालाम, ख्याली, येवालाङ, केलाङ, माङलाङ, नाट्यविधामा अभिनय तथा निर्देशन आदिको निरन्तर संरक्षण, संवर्धन र विकासको लागि क्रियाशिल व्यक्ति तथा संस्थाहरुको सम्मान र प्रोत्साहनकालागि पुरस्कृत गर्न उदय कला पुरस्कार – २०५२ स्थापना भएको हो ।

पुरस्कार राशी

पुरस्कार रकम रु १०,०००।– अक्षरेपी रु दशहजार सहित एक प्रमाणपत्र हुनेछ । प्रत्येक २ बर्षमा पुरस्कार वितरण हुने छ । पुरस्कार वितरण लिम्बु आदिवासीको राष्ट्रिय चाड चासोक तङनामको दिन हुनेछ ।

सहभागिता

(क) यस उदय कला पुरस्कार प्राप्त गर्न सहभागी हुन चाहने प्रत्येक ब्यक्ति, संघ, संस्थाले आफ्नो मौलिक गीत, नाटक वा अन्य कलाक्षेत्रमा रही योगदान गरेको टेप, भिडियो क्यासेट वा अन्य उपयुक्त सामग्री २ प्रति किरात याक्थङु चुम्लुङ केन्द्रीय कार्य समितिको सचिवालयलाई उपलब्ध गराउनु पर्ने छ । (ख) उदय कला पुरस्कारमा सहभागी हुन निर्णायक समितिले तोकेको समयसिमा भित्र आफ्नो कृतिहरु केद्रीय कार्यसमितिको सचिवालयमा बुझाई सक्नु पर्नेछ । (ग) उदयकला पुरस्कारको लागि विभिन्न व्यक्ति, विशेषज्ञहरुद्धारा गरिएको सिफारिसको आधारमा पनि पुरस्कारको लागि सभागिता गराउन सकिने छ । यसमा चुम्लुङले कुनै हस्तक्षेप वा निर्देशन गर्ने छैन । (घ) सहभागी भई आएका कृति तथा कलाकारहरुको नामावलीमा निर्णायक समितिलाई सहभागी बाहेक अन्य उत्कृष्ट कलाकार तथा कृति रहेको छ भन्ने लागेमा सोलाई पनि सहभागी गराउन सक्नेछ । संस्थापक पुरस्कारको स्थापना वि.सं. २०५२ सालमा भएको हो । यस पुरस्कारको अक्षयकोषको लागि यासोक गाविस वडा नं ६ पान्थरमा जन्मनुभई हाल, धरान न.पा. १५ पुष्पलाल मार्ग सुनसरी निवासी श्री उदयबहादुर लावतीबाट रु २५०००।– प्राप्त भएको हो ।

पुरस्कृत व्यक्तित्वहरु कृतिहरु

२०५४ साल । बी.बी. मुरिङला, सिक्किम । लिम्बु गीत संगीत तथा गायनमा लामो विशेष योगदान ।

२०५९ साल । भगत सुब्बा । लिम्बू गीत संगीत तथा गायन क्षेत्र तर्फ प्रारम्भिक चरणमा विशिष्ट योगदान I

२०६७ साल । मनु नेम्बाङ । तुतुगेन यम्बा तुम्याहाङ गीत लगायत धेरै लिम्बु गीतहरु गायन I

२०६९ साल । इमाहाङ सेत्लिङ, सिक्किम । लासोरी फुङ लगायत लिम्बु गीतहरु ।

२०७१ साल । प्रेम पन्धाक । थाङमाङ नु सङमाङ शब्द तथा संगीत ।

२०७३ साल । अम्बिका सम्बाहाङफे । चारमाया पालाम संकलन पुस्तक ।

२०७५ साल । झुमा वनेम । ‘खासाम’ गीति एल्बम खोज, गायन ।