2018-11-20

कियाचु सामकेलो केवाफुङवा चुम्लुङ संगीत पुरस्कार – २०६७

कियाचु सामकेलो केवाफुङवा चुम्लुङ संगीत पुरस्कार – २०६७

प्रस्तावना

लिम्बूहरुको जातिय पहिचान र प्रतिष्ठा अभिवृद्धिका लागि लिम्बू गीत तथा संगीतप्रति समर्पित र प्रतिवद्ध भई महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति तथा समूहको योगदानलाई उच्च मुल्याङ्कन गर्दै प्रोत्साहन तथा सम्मानस्वरुप लिम्बू गीत तथा संगीतको क्षेत्रका लागि पुरस्कार प्रदान गर्न एक सामकेलो केवाफुङवा चुम्लुङ संगीत कोष स्थापना भएको हो ।

उद्देश्य

(क) लिम्बु भाषामा गीत तथा संगीतको क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने व्यक्ति तथा समूहहरुलाई प्रोत्साहन र सम्मानस्वरुप पुरस्कार प्रदान गर्ने । (ख) लिम्बू गीत तथा संगीतको व्यापक प्रचार प्रसार गर्ने ।

पुरस्कार राशी

गायन, गीत र संगीतका क्षेत्रमा क्रमशः सामकेलो केवाफुङवा चुम्लुङ गायन पुरस्कार रु २५,०००।– (पच्चिस हजार) सहित प्रमाण पत्र हुनेछ । सामकेलो केवाफुङवा चुम्लुङ गीतकार पुरस्कार रु २५,०००।– (पच्चिस हजार) सहित प्रमाण पत्र हुनेछ । सामकेलो केवाफुङवा चुम्लुङ संगीतकार पुरस्कार रु २५,०००।– (पच्चिस हजार) सहित प्रमाण पत्र हुनेछ । एकै क्षेत्रमा एक भन्दा बढी व्यक्ति वा समूह पुरस्कृत भएमा सो पुरस्कारको धनराशी दामाशाहीको आधारमा प्रदान गरिनेछ ।

सहभागिता

(१) लिम्बू भाषाको मौलिक रचनामा संगीतवद्ध विभिन्न माध्यमबाट प्रचार प्रसारमा आएका गीतहरु सहभागि हुनेछन । (२) लिम्बू भाषामा मौलिक रचनामा संगीतबद्ध गरिएका गीतहरुको संगीत सहभागि हुनेछन् । (३) लिम्बू भाषाका संगीतबद्ध गरिएका गीतहरुका गायक गायिकाहरु सहभागि हुनेछन् । (४) संगीतबद्ध गीतहरुका आधारमा व्यक्ति वा समूहहरुले जति पटक पनि सहभागि हुन पाउनेछन् । (५) संचालक समिति वा छनौट समितिलाई उपलब्ध वा आफै खोजी पत्ता लगाएका सबै संगीतबद्ध गीतका गीतकार, संगीतकार र गायकगायिकाहरु सहभागि हुनेछन् ।

संस्थापक

सामकेलो केवाफुङवा चुम्लुङ संगीत कोषका लागि अक्षय कोषमा रकम प्रदान गर्ने अनुसूची – २ मा उल्लेख भएका व्यक्तिहरुलाई संस्थापक सम्झनु पर्दछ । सामकेलो केवाफुङवा चुम्लुङ संगीत कोष स्थापनाका लागि किरात याक्थुङ चुम्लुङ, केन्द्रीय कार्य समितिले आर्थिक संकलन गर्ने उद्देश्यले एक आर्थिक संकलन समिति गठन गर्नेछ । आर्थिक संकलन समितिको नामावली यस नियमावलीको अनुसूचि – १ मा उल्लेख गरिनेछ । यो कोषको मुलराशीमा १० लाख रुपीयाँ संकलन हुने लक्ष्य राखिएको छ ।

पुरस्कृत व्यक्तिहरु कृतिहरु

नोट ः हालसम्म वितरण भएको छैन ।