2018-11-22

KYC Israel

किराँत याक्थुङ चुम्लुङ इजरायलको आज १३ अप्रील २०१९ शनिवार सम्पन्न छैटौँ वार्षिकोत्सव तथा साधारणसभा कियाचु इजारयलको नियामवली २०१३ बबोजिम साधारणसभाबाट निवर्तमान महासचिव श्री कुमार आङ्देम्बे अबि ज्युको अध्यक्षतामा (रित रहेको पदमा कार्यसमितिले पदपुर्ती गर्ने अधिकार सहित) १५ जनाको २०१९/२० को लागि नयां कार्यसमिति चयन भएको छ |

नयाँ कार्यसमिति नामावली(२०१९/२०) अध्यक्ष : कुमार आङ्देम्बे अबि प्रथम उपाध्यक्ष : नुमा काङ्भा बखिम उपाध्यक्ष : जया कुमारी चेम्जोङ महासचिब : राज आङ्देम्बे लिम्बु सचिब : कन्चन काङ्भा बखिम कोषाध्यक्ष : खुमा लिम्बु सह- कोषाध्यक्ष : बसन वनेम सदस्य : संगिता आङ्थुपो सदस्य : सुदिप आङ्बुङ सदस्य : प्रताप मोरेसङ सदस्य : तुल्सा तुम्बाहाङ्फे सदस्य : सकुन इजम सदस्य : सन्जु केदेम

वरिष्ठ सल्लाहकार : गिता तुम्बाहाङफे

उक्त कार्यक्रमम निवर्तमान अध्यक्ष श्री गिता तुम्बाहाङ्फे ज्युको सभापतित्व, नेआज महासंघ इजरायलका अध्यक्ष श्री नरेश कुमार श्रेष्ठ ज्युको प्रमुख अथितित्व, नेपालबाट आमन्त्रित अथिति कलाकार गायक तथा मोडल श्री कुशल थलङ लिम्बु ज्युको बिशेष अथितित्व, विभिन्न संघ-संस्था संगठनका अध्यक्ष तथा प्रतिनिधि ज्युहरुको अथितित्व, मेडियाकर्मी, चुम्लुङ तुम्म्याहाङ, चुम्लुङ शुभचिन्तक साथै नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो |

कियाचु इजरायलको छैटौँ वार्षिकोत्सव तथा साधारणसभा कार्यक्रमलाई प्रत्यक्ष, अप्रत्यक्ष, आर्थिक, भौतिक, नैतिक तवरले साथ, सहयोग गर्नु हुने सम्पुर्ण चुम्लुङ तुम्म्याहाङ, शुभचिन्तक ज्युहरु, प्रमुख अथिति, बिशेष अथिति ज्यु, विभिन्न संघ- संस्थाका अथिति ज्युहरु, मिडियाकर्मी ज्युहरु, प्राबिधिक ज्यु, र कियाचु इजरायलको छैटौँ वार्षिकोत्सव तथा साधारणसभालाई सम्पन्न गर्न आहोत्र खट्नु हुने संयोजक निवर्तमान प्रथम उपाध्यक्ष श्री जगत कन्दङ्वा ज्यु, पुर्व अध्यक्ष श्री नयन इम्सोङ ज्यु लगायत ब्याबस्थपनमा खट्नु हुने कार्यसमिति पदाधिकार तथा सदस्य ज्युहरु साथै उपस्थित सम्पुर्णमा कियाचु इजरायल हार्दिक आभार व्यक्त गर्दछ,नोगेन |

महासचिब राज लिम्बु