मिति २०७५ पुस १० गते समवेदना विज्ञप्ति
मिति २०७५ पुस १० गते समवेदना विज्ञप्ति
किरात याक्थुङ चुम्लुङको संस्थापक सदस्य, पूर्व केन्द्रीय सचिव एवम् वर्तमान केन्द्रीय सल्लाहकार नर प्रसाद लुम्फुङ्वा लिम्बुको ममतामयी आमा शुकमाया तुम्बाहाङफे लुम्फुङ्वाको असामयिक निधन प्रति संस्थाको तर्फबाट गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।
मृतक आमाको जन्म वि.सं. १९९५ साउन ३० गते साब्ला, तेह्रथुममा र मृत्यु वि.सं. २०७५ पुस ९ गते सोमबारका दिन ८० वर्षको उमेरमा आफनो निवास धरान १९, सुनसरीमा भएको हो । वहाँको श्रीमान लाल बहादुर लुम्फुङवा कियाचु धरानको पूर्व नगर अध्यक्ष र छोरी विद्या लिम्बु कियाचु धरानको पूर्व नगर सचिव हुनुहुन्थ्यो । किरात याक्थुङ चुम्लुङको संगठन जीवनमा महत्वपूर्ण योगदान दिनुहुने परिवारको आमाको मृत्युले हामी सबैलाई दुःखी बनाएको छ भन्दै शोकाकुल लुम्फुङवा परिवार प्रति संस्थाको तर्फबाट हार्दिक समवेदना व्यक्त गर्दछौं ।
योगराज लिम्बू वनेम
अध्यक्ष, केन्द्रीय कार्य समिति