बिदा यथावत् कायम गर्न माग
मिति २०७५ पुस ४ गते, काठमाडौं ।
किरात चाड (उद्यौली साकेला, चासोक तङनाम, शादरपिदार, चासुवा, भुम्या लगायत)मा दिदै आएको राष्ट्रिय सार्वजनिक बिदा कटौती गरेकोमा विरोध गर्दै नेपाल सरकारको गृहमन्त्री र प्रधानमन्त्रीको कार्यालयमा किरातजन्य संस्थाहरुको तर्फबाट बिदा यथावत् कायम गर्न माग पत्रहरु दर्ता गरिएको थियो । किरातजन्य संस्थाहरुको अध्यक्षहरु, महासचिव एवम् सदस्यहरुको टोलीबाट उक्त कार्य सम्पन्न गरिएको थियो ।