2019-02-07

चितवन सङ्स्थाको नीति तथा कार्यक्रम विषयक छलफल

मिति २०७५ पुस २१ गते चितवनमा किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा चितवनको आयोजनामा सङ्स्थाको नीति तथा कार्यक्रम विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा केन्द्रीय महासचिव निरन्ती तुम्बापो, पूर्व महासचिव एवम् लि.सा.प. अध्यक्ष गोविन्द आङबुङ, केन्द्रीय सदस्य भविन्द्र कन्दङ्वा, नेवा ताम्सालिङ प्रदेश समिति सदस्य विरदल नेम्बाङ र लिवि मन्च उपाध्यक्ष दिपा लक्समको उपस्थिति रहेको थियो । जिल्ला अध्यक्ष जनक लिम्बुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला समितिका पदाधिकारीहरु, सदस्यहरु, शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।