2019-03-06

मिति २०७५ माघ २७ गते समवेदना विज्ञप्ति

मिति २०७५ माघ २७ गते समवेदना विज्ञप्ति

किरात याक्थुङ चुम्लुङका केन्द्रीय सचिव योगेन्द्र पालुङ्वाको पुजनीय पिता मास्टर चक्र बहादुर पालुङ्वाको ८५ वर्षको उमेरमा मिति २०७५ माघ २५ गते सुनसरी जिल्ला धरानस्थित आफनै निवासमा असामयिक निधन भएकोमा संस्थाको तर्फबाट गहिरो दुःख व्यक्त गर्दै मृतक आत्माको चीरशान्तिको कामना र हार्र्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । स्व. मास्टर चक्र बहादुर पालुङवा यस संस्थाको आजीवन सदस्य हुनुका साथै किरात याक्थुङ चुम्लुङको सुनसरी जिल्ला समितिका पूर्व सचिव एवम् पूर्व राष्ट्रिय पार्षद केपी पालुङ्वाको पुजनीय पिता समेत हुनुहुन्छ । यस दुखद घडीमा परिवारजनमा संस्थाको तर्फबाट हार्दिक समवेदना व्यक्त गर्दछौं ।

योगराज लिम्बू वनेम

अध्यक्ष, केन्द्रीय कार्य समिति