2019-04-22

किरात याक्थुङ चुम्लुङ सदस्यता वितरण निर्देशिका – २०७५

किरात याक्थुङ चुम्लुङको विधान २०४६ अनुसार सदस्यता वितरण, सदस्य शुल्क संकलन गर्ने प्र्रक्रिया, श्रोत विभाजन, सदस्यहरुको अभिलेख राख्ने व्यवस्थँ, सदस्यता प्रमाण पत्र वितरण व्यवस्था, सदस्यता प्रमाणपत्र प्रमाणित गर्ने आधिकारिक व्यक्ति, सदस्यता प्रमाण पत्रको उपयोगिता, र सदस्यताको बहाल अवधि विषयमा एक सरल र बुझ्न सकिने प्रणाली विकास गरी सदस्यता वितरण व्यवस्थित गर्न यो चौथो पटक “किरात याक्थुङ चुम्लुङ सदस्यता वितरण निर्देशिका – २०७५” जारी गरिएको छ । (किरात याक्थुङ चुम्लुङ, केन्द्रीय कार्य समितिको मिति २०७५I०४I२९ गते बसेको बैठकद्धारा संसोधन पारित ।)