2019-05-03

लिम्बुवान संयुक्त संघर्ष समितिको ध्यानाकर्षण

२०७६ वैशाख १८ गते, ललितपुर । लिम्बुवान संयुक्त संघर्ष समितिका संघीय राजधानीमा उपलब्ध प्रतिनिधिहरुबाट प्रदेश नं. १को नामाकरण बारेमा प्रेस विज्ञप्ति जारी भएको छ । सोको पूर्ण विवरण यस प्रकार छ ।

लिम्बुवान संयुक्त संघर्ष समिति (संघीय राजधानीमा उपलब्ध प्रतिनिधिहरुबाट) प्रेस विज्ञप्ति मिति २०७६।०१।१८ गते प्रदेश नं. १को नामाकरण बारेमा लिम्बुवान संयुक्त संघर्ष समितिको ध्यानाकर्षण भएको छ । ऐतिहासिक पृष्ठभूमि र लामो राजनीतिक आन्दोलन बोकेको लिम्बुवान आन्दोलनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको सर्वविदितै छ ।

प्रदेश नं. १ को नामाकरणको सन्दर्भमा लिम्बुवान समावेश हुनै पर्दछ भनी विभिन्न संघसंस्थाहरु, राजनीतिक दल, मोर्चा, संघर्ष समिति, जनताहरुले विभिन्न रुपमा निरन्तर माग गरिरहेको कुरा सबैमा जगजाहेर छ । वर्तमान प्रदेश नं. १ को भूगोलको अवस्था, सामाजिक मनोविज्ञान, ऐतिहासिक, साँस्कृतिक र सो क्षेत्रमा उठेका राजनीतिक आन्दोलन एवम् नामाकरणको लागि गरिएको मागहरुलाई मध्यनजर गर्दै बहुपहिचानको आधारमा किरात–लिम्बुवान नाम राख्न सकिन्छ भन्ने धारणा राख्दै प्रदेश सभा सदस्यज्यूहरुलाई पहल कदमी गर्न अपील गर्दछौं ।

प्रदेश नं. १ को नामाकरणमा लिम्बुवान समावेश गर्न गराउनको लागि समितिमा आबद्ध घटक संगठनहरुबाट हुने आन्दोलनहरु प्रति समर्थन र ऐक्यबद्धता जाहेर गर्दछौं ।

लिम्बुवान संयुक्त संघर्ष समितिका घटक संगठनहरु

१. लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपाल, व.उपाध्यक्ष शंखध्वज नेम्बाङ

२. नेपाल लोकतान्त्रिक किरात लिम्बु संघ, अध्यक्ष त्रिवेणी चोङबाङ

३. लिम्बुवान प्रदेश सम्पर्क समिति, ससफो नेपाल, सचिव भेषराज चेम्जोङ

४.संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (संघीय लिम्बुवान मञ्च), के.उपाध्यक्ष विशेन्द्र चेम्जोङ

५. नेपाली कांग्रेस सम्बद्ध लिम्बुहरुको तर्फबाट उत्तम सिं थाङदेन

६. किरात याक्थुङ चुम्लुङ, अध्यक्ष योगराज लिम्बु वनेम

७. याक्थुङ युवा मञ्च, अध्यक्ष भुपेन्द्र खुदाङ

८. लिम्बु विद्यार्थी मञ्च, महासचिव उत्सव सङबाङफे