2019-05-30

मिति २०७६।०२।१३ गते समर्थन तथा ऐक्यबद्धता विज्ञप्ति

मिति २०७६।०२।१३ गते

समर्थन तथा ऐक्यबद्धता विज्ञप्ति

संविधान संसोधन गरी १० जोड १ को प्रान्त कायम गर, प्रदेशहरुको नामाकरण गर्दा पहिचानको आधारमा लिम्बुवान सहितको प्रदेशहरु घोषणा गर भन्ने लगायतका नाराहरु राखेर संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च सम्मिलित ‘पहिचानमा आधारित संघीय गठबन्धन’ले हिजोदेखि ५ दिनसम्मको लागि काठमाडौं नयाँ बानेश्वरमा आयोजना गरेको धर्ना कार्यक्रमको दोश्रो दिन समर्थन तथा ऐक्यबद्धता जनाउन आज हामी धर्नामा सहभागी भयौं । संस्थाको केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, काठमाडौं उपत्यकाको तीन जिल्लाहरु, प्रदेश, युवा साथै विषयगत संगठन प्रतिनिधिहरुको सहभागिता रहेको उक्त धर्ना कार्यक्रममा अध्यक्षबाट समर्थन तथा ऐक्यबद्धता मन्तव्य राख्यौं ।

वर्तमान नेपालको राजनीतिक अवस्था, संघीय संसद, प्रदेश संसदको प्रतिनिधित्व चित्र, मतदानको स्थिति, राजनीतिक शक्ति सन्तुलन, आन्दोलनको मनस्थिति र जनताको बुझाई, पहिचान र अधिकार सम्बन्धी मनोविज्ञानलाई विश्लेषण गर्दै लिम्बुवान प्राप्तिको आन्दोलनको लागि नयाँ ढंगले अगाडि बढ्न आवश्यक छ । यसको लागि किरात याक्थुङ चुम्लुङले जनजागरणको पक्षमा काम गर्ने, समन्वयकारी भूमिका निर्वाह गर्न सक्दछ । आन्दोलन र राजनीतिक संघर्षको लागि पहिचानवादी एवम् लिम्बुवान सम्बद्ध राजनीतिक दलहरुले बृहत मोर्चा बनाई नेतृत्व गर्ने गरी अघि बढनुपर्दछ भन्ने दृष्टिकोण राख्दछौं ।

योगराज लिम्बू वनेम

अध्यक्ष, केन्द्रीय कार्य समिति