2019-05-30

लिम्बुवान संयुक्त संघर्ष समितिको बैठक ।

जेठ १०, २०७६ । कियाचु लिम्बुवान प्रदेश कार्यालय, इटहरी ।

लिम्बुवान संयुक्त संघर्ष समितिको बैठक ।

अघिल्लो कार्यहरुको समीक्षा भयो । संघर्ष समितिलाई नयाँ परिवेशमा अघि बढाउनको लागि आआफनो धारणाहरु राखाराख भयो, पुनः काठमाडौमा बैठक आयोजना गर्ने भनियो । चुम्लुङको धारणा यसप्रकार राखियो ।

‘नेपालको संबिधानमा तत्काल संसोधन गरी लिम्बूवान प्रदेश निर्माण । सबै समुदायको हितको लागी लिम्बूवान प्रदेश निर्माण । वर्तमान नेपालको राजनीतिक अवस्था, संघीय संसद, प्रदेश संसदको प्रतिनिधित्व चित्र, मतदानको स्थिति, राजनीतिक शक्ति सन्तुलन, आन्दोलनको मनस्थिति र जनताको बुझाई, पहिचान र अधिकार सम्बन्धी मनोविज्ञानलाई विश्लेषण गर्दै लिम्बुवान प्राप्ति आन्दोलनलको लागि नयाँ ढंगले अगाडि बढ्न आवश्यक छ । यसको लागि किरात याक्थुङ चुम्लुङले जागरणको पक्षमा काम गर्ने, समन्वयकारी भुमिका निर्वाह गर्न सक्दछ । आन्दोलन र राजनीतिक संघर्षका लागि पहिचानवादी एवम् लिम्बुवान सम्बद्ध राजनीतिक दलहरुले बृहत मोर्चा बनाई नेतृत्व गर्ने गरी अघि बढनुपर्दछ ।’