2019-06-26

लिम्बुवान संयुक्त संघर्ष समितिको शीर्ष नेताहरुको बैठक ललितपुर चुम्लुङ हिममा

२०७६ जेठ २२ गते, ललितपुर ।

लिम्बुवानको निम्ति साझा, मोर्चा, संयुक्त संघर्ष समितिको अभ्यासहरुलाई निम्नानुसार एक झलकको रुपमा प्रस्तुत गर्दै लिम्बुवान संयुक्त संघर्ष समितिको शीर्ष नेताहरुको बैठक ललितपुर चुम्लुङ हिममा बैठक बस्यो ।

लिम्बुवान साझा सञ्जाल २०६४ भदौ (लिम्बुवान संयुक्त—समन्वय समिति)

  • धरान घोषणा पत्र
  • साझा सञ्जाल निर्माणको लागि भएको सहमति पत्र

संयुक्त लिम्बुवान मोर्चा, नेपाल २०६५ साउन

  • सहमति पत्र (पृष्ठभूमि, औचित्य, सहकार्यको आधार, कार्यक्रमः प्रचारात्मक । विचार निर्माण । दवावमुलक, संचालन विधि)

संघीयता कार्यान्वयन लिम्बुवान संघर्ष समिति २०६८ चैत

  • अवधारणा पत्र (पृष्ठभूमि, उद्देश्यहरु, समितिको अडान, कार्यक्रमहरु, समितिमा संगठित हुनेहरु, सांगठानिक स्वरुप, कार्य समितिको नामावली)

लिम्बुवान संयुक्त संघर्ष समिति २०७२ भदौ

  • विज्ञप्ती (कार्यक्रमहरुः पत्रकार सम्मेलन, जिल्ला बैठक प्रचार प्रसार, जुलुस, आम हडताल)
  • लिम्बुवान राष्ट्रिय राजनैतिक सम्मेलन २०७३ वैशाख

वर्तमान अवस्थामा लिम्बुवान आन्दोलनको विषयमा किरात याक्थुङ चुम्लुङको दृष्टिकोण (२२ औं राष्ट्रिय चुम्लुङ बैठक, २०७५ फागुन)ः वर्तमान नेपालको राजनीतिक अवस्था, संघीय संसद, प्रदेश संसदको प्रतिनिधित्व चित्र, मतदानको स्थिति,, राजनीतिक शक्ति सन्तुलन, आन्दोलनको मनस्थिति र जनताको बुझाई, पहिचान र अधिकार सम्बन्धी मनोविज्ञानलाई विश्लेषण गर्दै लिम्बुवान प्राप्ति आन्दोलनलको लागि नयाँ ढंगले अगाडि बढ्न आवश्यक छ । यसको लागि किरात याक्थुङ चुम्लुङले जागरणको पक्षमा काम गर्ने, समन्वयकारी भुमिका निर्वाह गर्न सक्दछ । आन्दोलन र राजनीतिक संघर्षका लागि पहिचानवादी एवम् लिम्बुवान सम्बद्ध राजनीतिक दलहरुले बृहत मोर्चा बनाई नेतृत्व गर्ने गरी अघि बढनुपर्दछ भन्ने दृष्टिकोण राख्दछ ।

माथि उल्लेखित योगराज लिम्बुको प्रस्तति पश्चात् उपस्थित नेताहरु क्रमशः रकम चेम्जोङ, कुमार लिङदेन, त्रिवेणी चोङबाङ, पकन्दी आङदेम्बे, सञ्जुहाङ पालुङ्वा, पदम लिम्बु, मंगल मेन्याङ्बो लगायत बाट आन्दोलनको समीक्षा र अब कसरी अघि बढ्ने भन्ने बारेमा ब्यापक छलफल भयो । उक्त बैठकले प्रदेश र जिल्लाहरुमा समितिलाई विस्तार गर्ने र एक साझा दस्तावेज बनाउने निर्णय गरेको छ ।