लिम्बू सांस्कृतिक परिषदको दोश्रो राष्ट्रिय अधिवेशन हुने
किरात याक्थुङ चुम्लुङको विषयगत संगठन किरात याक्थुङ चुम्लुङ लिम्बू सांस्कृतिक परिषदको दोश्रो राष्ट्रिय अधिवेशन हुने भएको छ । परिषदको दोश्रो राष्ट्रिय अधिवेशन यहि २०६८ माघ ८ गतेका दिन लिम्बुवानको धरानमा सम्पन्न भईरहेको परिषदको केन्द्रिय अध्यक्ष गोविन्द आङबुङले बताउनु भएको छ ।
Read More
आदिवासी जनजाति अधिकार र लिम्बुवानको सवालहरुमा सभासदहरुसँग संवाद कार्यक्रम सम्पन्न
किरात याक्थुङ चुम्लुङको आयोजना तथा आदिवासी जनजाति सभासद सभा ककसको सहआयोजनामा २०६८ पुष ११ गतेका दिन चुम्लुङ हिम ललितपुरमा लिम्बुवान क्षेत्रभित्रका सभासदहरुको उपस्थितिमा १ दिने अन्तरकि्रया कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रमको उद्देश्यहरु निम्नानुसार रहेको थियो ।
Read More
Exercising the Right to Self-determination and Autonomy
International Conference on
Exercising the Right to Self-determination and Autonomy
January 19 – 21, 2012
Dharan, Limbuwan, Nepal
Background Information
Indigenous peoples of Nepal have been struggling against historical and structural violence, injustice, discrimination, and exclusion for a long time. Their long struggle has focused on revitalizing their political, social and cultural rights as well as their rights to their ancestral lands and territories which were confiscated during the Nepalese nation-building process. The Constituent Assembly has, and continues to, conspire to violate the inalienable rights of indigenous peoples, and especially their rights to self-determination, autonomy and self-governance—rights that Nepalese indigenous peoples have been demanding for years.
Read More
लिम्बु भाषा साहित्य प्रतिष्ठानको अधिवेशन आयोजना हुने
ललितपुर । किरात याक्थुङ चुम्लुङ लिम्बू भाषा साहित्य प्रतिष्ठानको दोश्रो राष्ट्रिय अधिवेशन यही मिति २०६८ कातिक १ गते धरान चुम्लुङहिम धरान सुनसरी लिम्बुवानमा सम्पन्न हुन गइरहेको छ । लिम्बू भाषाको साहित्य गोष्ठी सहित सम्पन्न हुने उक्त अधिवेशनमा लिम्बू भाषामा साहित्य लेखनमा कि्रयाशिल साहित्यकारहरुको सहभागिता रहनेछ । साहित्य गोष्ठीको अवसरमा 'लिम्बूभाषा साहित्यको वर्तमान अवस्था' विषयक कार्यपत्र श्री अमर तुम्याहाङ र 'लिम्बूभाषा साहित्यको प्रवृति' विषयक कार्यपत्र श्री (थाम्सुहाङ) पुष्प सुब्बाले प्रस्तुत गर्नु हुनेछ । यसका साथै आगामी कार्यक्रम र प्रतिष्ठानको नियामावली अनुसार नयाँ सन्चालक समितिको समेत निर्वाचन हुने कार्यक्रम तय गरिएको छ ।
Read More
किरात याक्थुङ चुम्लुङको १६ औं राष्ट्रिय परिषद् बैठक सम्पन्न हुने
ललिपुर । किरात याक्थुङ चुम्लुङको राष्ट्रिय परिषदको १६ औं बैठक धरान चुम्लुङहिममा मिति २०६८ असोज २८ र २९ गते बस्ने भएको छ । उक्त बैठकमा किरात याक्थुङ चुम्लुङको विधान अनुसार केन्द्रीय कार्य समिति केन्द्रीय सल्लाहकारहरु जिल्ला कार्य समितिका अध्यक्ष र सचि राष्ट्रिय परिषद सदस्यहरु र विषयगत समितिका अध्यक्ष र सचिवहरुका साथै विदेशस्थीत किरात याक्थुङ चुम्लुङका प्रतिनिधिहरुको सहभागिता हुनेछ । दुइ दिनसम्म सन्चालन हुने उक्त बैठकमा वार्षिक प्रगति तथा आर्थिक प्रगति प्रतिवेदन वार्षिक नीति तथा कार्यक्रम र अनुमानित बजेट लगायत बदलिदो परिस्थितिमा किरात याक्थुङ चुम्लुङको मार्गदर्शन अवधारणा र भूमिका संविधान निर्माण प्रकि्रयाको वर्तमान अवस्था र हाम्रो सहभागिता लिम्बू भाषा साहित्य संस्कृति संगठन लगायतमा योगदानकर्ताहरुको सम्मानका लागि मापदण्ड र सम्मान कार्यक्रम तयार गर्ने सम्बन्ध छलफल हुनेछ । साथै मुन्धुमलाई मानवताको मौखिक अमूर्त सम्पदाको श्रेष्ठ कृतिको रुपमा युनेस्कोमा सुचि गर्ने आदिवासी जनजाति विकास सुचाङ्क आदिवासी र जलवायु परिवर्तन आदि विषयहरुमा समेत बैठकमा छलफल हुने जानकारी उपलब्ध गराइएको छ । Read More