कियाचु केन्द्रिय कार्यालय
संविधानसभा राज्यपुनस्रंरचना तथा राज्यको शक्ति बाँडफाँड समितिले प्रस्ताव गरेको १४ प्रदेशको विषय उपर छलफल गर्न किरात याक्थुङ चुम्लुङ केन्द्रिय कार्यालयले ०६६ माघ ८ गते ११ बजे चुम्लुङ हिममा छलफल कार्यक्रमको आयोजना गरेको छ । उक्त छलफल कार्यक्रममा संविधानसभा संवैधानिक समितिका सदस्य माननीय हरी खेवा र राज्य पुनस्रंरचना तथा राज्य शक्ति बाँडफाँड समितिका सदस्य माननीय धुर्व आङदेम्बेको पनि सहभागीता रहनेछ ।
छलफल खास गरी संविधानसभा संवैधानिक समितिभित्र र राज्य पुनस्रंरचना तथा राज्य शक्ति बाँडफाँड समिति भित्र के कस्ता विषयहरुमा छलफल भईरहेको छ । र आदिवासी लिम्बू हरुले माग गरेका विषयहरुको स्थीति के रहेको छ भन्ने विषयमा पनि केन्द्रित रहने छ । प्रस्तावित १४ प्रदेशको आधार यसको सिमानाको विषयमा छलफल गरी सके पश्चात आगामी दिनमा आदिवासी संगठन लगायत अन्य राजनीतिक तथा सामाजिक संघसंगठनहरुले कसरी अघि बढ्ने भन्ने विषयमा समेत चर्चा हुनेछ ।
यस छलफल कार्यक्रममा माननीय हरी खेवा माननीय धुर्व आङदेम्बे लगायत डम्बर तेम्बे बालकृष्ण माबोहाङ खगेन्द्र जवेगु नारायण निङलेखु कुमार लिङदेन प्रिवन नेम्बाङ टंक फोम्बो प्रेम बेघा लगायत किरात याक्थुङ चुम्लुङको केन्द्रिय सचिवालयको सदस्यहरुको सहभागिता रहने छ । र यो छलफल पश्चात पुन सहभागी संख्या वृद्धी गरी ठूलो घेरामा निरन्तर छलफललाई अघि बढाईनेछ ।