संविधानसभाको राज्य पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले पहिचान र सामथ्र्यको आधारमा प्रदेशहरु प्रस्तावित गरेको मध्ये ूलिम्बुवानू प्रदेश प्रस्ताव गरिएको प्रति नामाङकनको सवालमा स्वागत गर्दै सिमाङकनको सवालमा गम्भीर आपत्ति प्रकट गर्दछौं ।
उक्त प्रस्तावित लिम्बुवानको सिमाङकनको सम्बन्धमा जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा अरुण सप्तकोशी नदी पूर्व मेची पश्चिम उत्तर चीन र दक्षिण भारतको सिमाना भित्र पर्ने हालका झापा मोरङ सुनसरी धनकुटा तेह्रथुम संखुवासभा ताप्लेजुङ पान्थर इलामको ९ जिल्लाहरु सबै पर्नुपर्ने गरी लिम्बुवानको सिमाङकन गरिनुपर्ने जोडदार माग गर्दै यस सम्बन्धमा बहस छलफल र योगदान गर्नसमेत तयार रहेकाछौं ।
योगराज लिम्बू वनेम
महासचिव
केन्द्रीय कार्यसमिित
मिति ः२०६६ माघ ८ गते