Home    About Us   Contact Us
Articles
Photos
Issues
News&Events
Press Release
Audio & Video
Links
Downloads
Publications&Documents
 
Recent Updates
 
प्रेस विज्ञप्ती
प्रथम अन्तर्राष्ट्रिय लिम्बू सम्मेलन सुरु
International Limbu Conference (Watch Live Video Now)
कुमार बखिमद्धारा प्रथम लिम्बु अन्तराष्ट्रिय सम्मेलनलाई सहयोग
प्रथम लिम्बु अन्तराष्ट्रिय सम्मेलन आयोजना गरिने
पहिलो संविधानसभाबाट प्राप्त उपलब्धीलाई टेकेर मात्र नयाँ संविधान निर्माण कार्यमा अघि बढ्न सकिन्ने ः चुम्लुङ
चेम्जोङ जन्मजयन्तीमा अन्तरक्रिया र वेबसाइड लञ्ज
इलाममा च्याबु्रङ महोत्सव
लिम्बुवान अध्ययन केन्द्र एक विश्वविद्यालयको परिकल्पना
सुनसरीमा चासोक तङनाम सम्पन्न

इलाममा च्याबु्रङ महोत्सव

सन्तोष नेम्बाङ
इलाम । किरात याक्थुङ चुम्लुङको रजतजयन्तीको अवसर पारेर चुम्लुङ इलामको आयोजनामा दुई दिने केलाङ महोत्सव सम्पन्न भएको छ । आदिवासी लिम्बू जातिहरुको शुभ कार्यमा मात्र बजाइने चुम्लुङ बाजाको संरक्षण, सम्बद्र्धन, प्रचारप्रसार साथै नयाँ पुस्ताहरुलाई आफ्नो संस्कृतिप्रति गर्व गर्न सक्ने मनोविज्ञानको विकास गर्न उद्देश्यले महोत्सको आयोजना गरिएको आयोजकले बताएको छ ।
च्याबु्रङ महोत्सवमा विभिन्न प्रकारका च्याबु्रङ नाचहरु प्रदर्शन गरिएको थियो । इलाम सदरमुकाममा नगर परिक्रमा गरी देखाइएको नाचहरुमा कसरक्पा, माङलाङ, नाभोन्जीलाङ, पितुकेलाङ, लगायत दुई दर्जन भन्दा बढी नाचहरु प्रर्दशन गरिएको थियो भने महोत्सवमा पान्थर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, सुनसरी, इलाम चारखोला क्षेत्रका नाचहरु समेत प्रर्दशन गरिएको थियो ।
महोत्सव कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति बैरागी काइँलाले भने नेपाल सांस्कृतिक विविधिताले गर्दा नै राष्ट्रिय संस्कृतिको निर्माण भएको बताए । उनले नेपालको कुनै एक जातिको संस्कृतिलोप हुनु भनेको एउटा सभ्यताको अन्त्य हुनु हो त्यसैले संस्कृति संरक्षण सम्बद्र्धन गर्न समुदायको भूमिका महत्वपूर्ण रहने बताउँदै भोलिका दिनहरुमा राजनैतिक रुपमा लिम्बूहरु राष्ट्रको माथिल्लो तहमा पुग्ला तर एक जना लिम्बू राष्ट्रपति हुँदैमा लिम्बूको पहिचान नबाँच्ने कुरा उल्लेख गरे । भोलिका दिनमा लिम्बुवान स्वायत प्रदेश पाए पनि लिम्बूहरुले आफ्नो भाषा, लिपी, संस्कृति, धर्म बचाउन सकेनन् भने लिम्बूहरुको निजि पहिचान गुम्ने र स्वायत्त प्रदेश हुनुको अर्थ नरहने कुरा समेत बताए । किरात याक्थुङ चुम्लुङले संस्थागत रुपमा लिम्बू समुदायलाई भाषिक, सांस्कृतिक, सामाजिक, आर्थिक, राजनैतिक रुपमा सक्षम बनाउँदै पहिचानको मुद्दालाई नछाडन समेत आग्रह गरे ।
चुम्लुङको १८ औँ राष्ट्रिय परिषद बैठक सँगसँगै भएको केलाङ महोत्सव कार्यक्रममा चुम्लुङका पाँचजना संस्थापक सदस्यहरुलाई प्रमुख अथिति बैरागी काइँलाले तागाओढाई सम्मानपत्र प्रदानगर्नु भएको थियो । कार्यक्रममा चुम्लुङका संस्थापक उपाध्यक्ष रकम चेम्जोङ, सचिव तेज यक्सो, सहसचिव उत्तमसिंह थाङदेन, सदस्यद्धय छवि सम्बाहाम्फे र दिपक थेबेलाई सम्मान गरिएको थियो । बाँकीलाई यस वर्षको आगामी कार्यक्रमलाई दिइने बताईएको छ ।

Tanchhoppa

Posted on:2014-01-20