Home    About Us   Contact Us
Articles
Photos
Issues
News&Events
Press Release
Audio & Video
Links
Downloads
Publications&Documents
 
Recent Updates
 
प्रेस विज्ञप्ती
प्रथम अन्तर्राष्ट्रिय लिम्बू सम्मेलन सुरु
International Limbu Conference (Watch Live Video Now)
कुमार बखिमद्धारा प्रथम लिम्बु अन्तराष्ट्रिय सम्मेलनलाई सहयोग
प्रथम लिम्बु अन्तराष्ट्रिय सम्मेलन आयोजना गरिने
पहिलो संविधानसभाबाट प्राप्त उपलब्धीलाई टेकेर मात्र नयाँ संविधान निर्माण कार्यमा अघि बढ्न सकिन्ने ः चुम्लुङ
चेम्जोङ जन्मजयन्तीमा अन्तरक्रिया र वेबसाइड लञ्ज
इलाममा च्याबु्रङ महोत्सव
लिम्बुवान अध्ययन केन्द्र एक विश्वविद्यालयको परिकल्पना
सुनसरीमा चासोक तङनाम सम्पन्न

पहिलो संविधानसभाबाट प्राप्त उपलब्धीलाई टेकेर मात्र नयाँ संविधान निर्माण कार्यमा अघि बढ्न सकिन्ने ः चुम्लुङ

इलाम । पहिलो संविधानसभाबाट प्राप्त उपलब्धीलाई टेकेर मात्र नयाँ संविधान कार्यमा अघि बढ्न सकिन्ने कुरा चुम्लुङले अघि सारेको छ । पुष २५ र २६ गते लिम्बुवानको इलाममा सम्पन्न कियाचुको महाधिवेशन पछिको दोस्रो ठूलो निकाय राष्ट्रिय परिषदको १८ औँ बैठकले सो कुरा बताएको छ ।
चुम्लुङले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक सहभागिता लगायतका अग्रगामी मुद्दाहरुलाई संस्थागत गर्दै पहिलो संविधानसभाबाट प्राप्त भएका उपलब्धीहरुलाई टेकेर दोस्रो संविधानसभामा कार्य प्रारम्भ गर्नु पर्ने कुरा उठाएको छ । नयाँ बनिने संविधानबाट लिम्बुवान लगायतका जातीय पहिचानसहितका स्वायत्त राज्यहरु र लिम्बुवानमा थातथलो रहेका आदिवासीहरुका लागि संरक्षित र विशेष संरक्षित क्षेत्र आदिको सुनिश्चिततामा जोडदिन सक्रिय रुपमा लाग्ने बताईएकोे छ । यसका लागि लिम्बू, लिम्बुवानवाट निर्वाचित र अन्य सभासदहरुलाई निरन्तर लविङ गर्दै सडक, सदन र कानुनी लगायतका सबैखाले आन्दोलनको निरन्तरता प्रदान गर्ने, पहिचान र लिम्बुवानवादी राजनीतिक शक्तिहरुसँग संयुक्त आन्दोलन गर्ने साथै लिम्बुवानमा थाकथलो खुलेका आदिवासी जनजाति र अन्यसँग समन्वयात्मक कार्य गर्ने कुरा जानकारी गराईएको छ ।
परिषद बैठक समापनसँगै कियाचुले प्रेस विज्ञप्ती सार्वजनीक गरको थियो । प्रेस विज्ञप्ती मार्फत लिम्बू पहिचान तथा लिम्बुवान प्राप्तीको मुद्दा र आन्दोलनलाई अन्तराष्ट्रिय स्तरमा समेत सशक्त बनाउँदै विश्वभर रहेका लिम्बूहरुलाई साङ्गठनीक रुपमा एकिकृत गरी अगाडी बढाउन लिम्बू अन्तराष्ट्रिय सम्मेलन २०७० चैत्रमा सम्पन्न गर्ने बताईएको छ ।
यस्तै आदिवासी जनजाति आन्दोलनको सवालमा वृहत संयुक्त मोर्चा (आठ आदिवासी संस्था लिम्बु, राई, मगर, नेवार, गुरुङ, शेर्पा, तामाङ, थारुको मोर्चा)लाई जिल्ला तहसम्म विस्तार गरि पहिचानवादी प्रादेशीक आन्दोलन सशक्त बनाउन सक्रिय भुमिका निभाउने साथै सङ्घीयता कार्यान्वयन लिम्बुवान सङ्घर्ष समितिलाई थप सशक्त र सुदृण गराउदै कियाचुको नेतृत्वमा लिम्बुवान प्रादेशीक आन्दोलनलाई नयाँ स्वरुप दिएर नेपाल आदिवासी जनजाति महासङ्घको समेत समन्वयकारी भूमिकामा अगाडी बढाउने कुरा उल्लेख गरेको छ ।
पहिचानको सवालमा पहिचान स्थापना र अग्रगामी परिवर्तनका विपक्षमा रहेका दलहरुको पहिलो संविधानसभामा भन्दा दोस्रो संविधानसभाको निर्वाचनमा मत परिणाम वृद्धि हुनुलाई गहन विश्लेषण गरी यसका वास्तविक कारणहरु आम लिम्बू र लिम्बुवानवासीहरु सम्म पु¥याई लिम्बुवानप्रति बृहत अभिमत निर्माणमा पहल गर्ने बताईएको छ भने दोस्रो संविधानसभा भित्र निर्माण हुने विभिन्न विषयगत समितिहरुमा आदिवासी जनजातिहरुको पहिचान स्थापना सम्बन्धमा मस्यौदा दस्तावेज तयार गर्ने बिषयगत समिति निर्माण गर्न दवाव दिने र पहिचान र लिम्बुवानवादी राजनीतिक दलहरुलाई मोर्चाबन्दी, सहकार्य र एकिकृत गर्न पहल गर्ने निर्णय गरेको छ ।
यस्तै लिम्बुवान क्षेत्रमा बहुभाषिक नीति अवलम्बन गर्दै लिम्बू भाषामा उच्च तहसम्म अध्ययन, अध्यापन गराउनका लागि नेपाल सरकारलाई दवाव दिने र विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुलाई यस सम्बन्धमा सहजिकरण गर्ने समेत निर्णय गरेको छ ।
रजत जयन्ति चलिरहेकै अवसरमा सम्पन्न भएको छ । यस परिषद बैठकमा कियाचुको १३ जिल्ला शाखाबाट आएका प्रतिनिधि, राष्ट्रिय पार्षद, विषयगत समिति र विदेशस्थीत चुम्लुङका प्रतिनिधिसमेतको सहभागिता रहेको इलामबजारमा दुई दिनसम्म चलेको थियो । परिषद बैठक भन्दा अघि केन्द्रीय समितिको बैठक पनि बसेको थियो ।


Tanchhoppa

Posted on:2014-01-20