Home    About Us   Contact Us
Articles
Photos
Issues
News&Events
Press Release
Audio & Video
Links
Downloads
Publications&Documents
 
Recent Updates
 
रेग्मीको खोजमा पल्लोकिरात लिम्बुवानको सिमाना
'लिम्बुवानको आन्दोलन र वर्तमान राजनीतिक अवस्था' विषयक अन्तरकि्रया कार्यक्रम
पुस्तक विमोचन कार्यक्रम
पदमिसंह मुरिङलाप्रति हार्दिक श्रदान्जली
यूएईमा सांस्कृतिक कार्यक्रमसहित उभौली पर्व सम्पन्न
सोयाङका अन्य ३ विद्यालयमा आनीपान शुरु
इलाम सोयाङमा चुम्लुङहिम निर्माणकार्य शुरु
गाँउ शाखा अधिवेसन सम्पन्न
फाल्गुनन्द संग्राहलय बन्ने
राउटे श्रमको मूल्य र औपनिवेशिक राज्यको कसीमा आदिवासित्वको परीक्षण

संयुक्त लिम्बुवान मोर्चाको लिम्बुवानको सिमाङ्कनमा गम्भिर आपत्ति

संविधान सभा राज्यको पुर्नसंरचना र राज्यशक्तिको वाँडफाँड समितिद्वारा तयार गरिएको अवधारणा पत्र र प्रारम्भिक मस्यौदाको १४ प्रदेशको प्रस्तावको सैद्धान्तीक आधारहरुप्रति सकारात्मक धारणा राख्दै सो आधारमा प्रूस्तावित गरिएको विशेष गरी लिम्बूवानको सिमाङ्कन प्रति गम्भीर आपत्ति संयुक्त लिम्बुवान मोर्चाले गरेको छ । आफ्नो अपक्ति प्रकट गर्न विभिन्न राजनीतिक दलहरु संविधान सभाका अध्यक्ष तथा सभासदहरुलाई ध्यानाकर्षण पत्र बुझाउने कार्य संयुक्त लिम्बुवान मोर्चाले सम्पन्न गरेको छ । मिति २०६६ माघ १४ गते एकिकृत नेकपा माओवादी पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा मोर्चाको एक प्रतिनिधिमण्डल गई ध्यानार्षण पत्र पार्टीका अध्यक्ष प्रचण्डलाई बुझाइएको छ । मिति २०६६ माघ १७ गते संविधानसभाको पूर्ण बैठकमा राज्य पुनःसरचना तथा राज्यशक्तिको बँडफाँड समितिले बुझाएको प्रतिवेदन माथि छलफल हुने पहिलॊ दिनमा ूअरुण सप्तकोशीपूर्वको भूमिलाई लिम्बूवान कायम गरू भन्ने व्यानर सहित संविधानसभा भवन अगाडि धर्ना कार्यक्रम सम्पन्न गरेको छ । धर्नाको क्रममा संविधान सभामा छलफलका लागि सहभागि सभासदहरुलाई संयुक्त लिम्बुवान मोर्चाको ध्यानाकर्षण पत्र समेत वितरण गरिएको थियो । निर्धारित दुइ घण्टे धर्ना कार्यक्रम पछि संविधानसभा अध्यक्ष सुवास नेम्बाङलाई एक प्रतिनिधिमण्डलले भेटी १४ प्रदेश र लिम्बूवानको सिमाङ्कनको बारेमा आफ्नो सरोकारको विषय राख्दै ध्यानाकर्षण पत्र बुझाइएको थियो । अब नेपाली कांग्रेस सभापति नेकपा एमालेका अध्यक्ष मधेशी जनअधिकार फोरम लगायत अन्य राजनीति दल र संविधानसभा संवैधानिक समितिका सभापतिलाई यो ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम तय भएको छ ।

साथै संविधानसभा राज्य पुनःसरचना तथा राज्यशक्तिको बुडफाँड समितिले १४ राज्यहरु प्रस्तावित गरेको मध्ये ूलिम्बुवानू राज्यको सिमाङकनको सवालमा विरोध जनाउँदै उक्त सिमाङकन सच्याउनको लागि सम्बन्धित पक्षसँग वार्ता बहस÷छलफल ध्यानाकर्षण संविधानसभामा लबिङ जनमत सृजना तथा दवाबमुलक जनप्रदर्शनहरु गर्न गराउन यो मार्चाको सम्पूर्ण तह र तप्का घटक सदस्यहरुलाई तत्काल सकृय हुने निर्णय गर्दैे माघ १७ गतेदेखि ५ दिनसम्म संविधानसभाको पूर्ण बैठकमा प्रस्तावित प्रदेशहरुको विषयमा छलफल हुदाँ उपरोक्त सवालको गाम्भिर्यतालाई आत्मसात गर्दै र समयको आकस्मिकतालाई मध्यनजर राख्दै उक्त समयमा सदनभित्र आवाज उठाउन र दवाब दिन संखुवासभा धनकुटा सुनसरी मोरङ र झापा केन्द्रीत सिमाङकनको सवालमा माघ १६ गते पत्रकार सम्मेलन गरी विरोध जनाउने काम भएको छ । त्यसैगरी मिति २०६६ माघ १७ १९ र २१ गते विभिन्न स्थानहरुमा २ घण्टा सडकजामसहित जनप्रदर्शनहरु सम्पन्न गरेको छ ।


United Limbuwan Front, Nepal
संयुक्त लिम्बुवान मोर्चा नेपाल


मिति ः २०६६ माघ १२ गते

श्री …………………………………।
…………………………………।

विषय ः ध्यानाकर्षण गराइएको बारे ।

नेपाली जनताको त्याग र बलिदानको मर्म र जनादेश अनुरुप मुलुक संघीयतामा प्रवेश गरयो । संविधानसभाको राज्य पुनःसरचना समितिद्वारा प्रस्तावित १४ राज्य मध्ये एक लिम्बुवान राज्य पनि प्रस्तावमा समाविष्ट छ । संयुक्त लिम्बुवान मोर्चा नेपाल यसै राज्यको प्राप्तिको लागि विगत लामो समयदेखि आन्दोलित छ । लिम्बुवान कसैले मनगढन्ते उब्जाएको विषय नभएर यो इतिहासदेखिको विरासत तथा कानूनीरुपमा नै यो जायज माग हो । तर लिम्बुवान प्रस्ताव गर्ने नाममा तमाम लिम्बुवानवासीलाई भ्रममा पर्ने गरी प्रस्ताव गरिएको लिम्बुवान राज्यको सिमाङकनले हामीलाई चकित र आक्रोशित तुल्याएको छ । पटकपटक संविधानसभा राज्यका सम्बन्धित निकायहरु र जिम्मेवार दलकाहरुलाई बुझाइएको ज्ञापनपत्रहरुलाईसमेत नजरअन्दाज गरी समग्र लिम्बुवानवासीको भावनामाथि नै ठेस पुग्ने गरी गरिएको लिम्बुवान राज्यको सिमाङकन प्रस्ताव त्रुटीपूर्ण रहेको छ । यसले ऐतिहासिक भूमि टुक्रयाउने र लिम्बुवानवासीको मागको सम्बोधन नगरी उनीहरुको स्वभिमान माथि नै धावा बोलेको छ ।

नामको रुपमा प्रस्ताववित लिम्बुवान राज्य सकारात्मक भए पनि शदियौंदेखि शोषित र उत्पीडित जातिहरुको आवाजलाई सम्बोधन नगर्ने गरी आएको लिम्बुवानको सिमाङकन संयुक्त लिम्बुवान मोर्चा नेपाललाई अमान्य छ । यसले लिम्बुवानलाई अपाङग बनाएको छ । प्रस्तावित सिमाङकनले लिम्बुवानलाई स्थायित्व दिने राज्य चल्ने र लिम्बुवानवासीलाई स्वायत्तता दिने प्रस्ताव नभएर लिम्बुवानलाई दास असफल र फेरि पुरानै यथास्थितिमा मुलुकलाई फर्काउने गरी गरिएको हाम्रो ठहर छ । यो प्रस्तावले मुलुकलाई शान्ति र अग्रगतितिर लाने होइन कि अझ डरलाग्दो अशान्ति र भडखालोतिर मुलुक जाकिने निश्चित प्राय छ ।

लिम्बुवानको ऐतिहासिक एवम अभिन्न अंगको रुपमा रहेका स्थलहरुसमेत छुटने गरी र अरुण सप्तकोशीपूर्वको भूभागहरु लिम्बुवान हो भन्ने जान्दाजान्दै विभिन्न नाममा अतिक्रमण गरिएका लिम्बुवानका भूमिहरु तत्काल साविक लिम्बुवान राज्यभित्र नै पर्नेगरी अर्को सिमाङकन गरी लिम्बुवानवासीको माग सम्बोधन गर्न जोडदार माग गर्दछौं ।

मोर्चामा सम्बद्ध राजनीतिक दल र संगठनहरु

१ लिम्बुवान मुक्ति मोर्चा वीर नेम्बाङ……………………………………
२ लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा एनेकपा माओवादी……………………………………
३ संघीय लिम्बुवान राज्य परिषद संघीय लोकतान्त्रिक राष्ट्रिय माच…………
४ नेपाल लोकतान्त्रिक किरात लिम्बू संघ नेकपा एमाले…………………………
५ नेपाल लिम्बुवान स्वशासित संघ ए। नेकपा एकिकृत……………………………
६ लिम्बुवान प्रान्तीय परिषद राष्ट्रिय जनमुक्ति पार्टी……………………………………
७ नेपाल लिम्बु संघ नेपाली कांगे्रस……………………………………
८ संघीय लिम्बुवान राज्य परिषद …………………………………
९ किरात याक्थुङ चुम्लुङ ……………………………………



Posted on:2010-02-17