किरात याक्थुङ चुम्लुङको विधान २०४६ छैटौं संसोधनसहित मिलाइएको दफा १४ अनुसार महाधिवेशनको प्रतिनिधि तथा पर्यवेक्षक व्यवस्था सम्बन्धी परिपत्र जारी गरिएको छ । जसअनुसार जिल्लामा रहेका संस्थाका सदस्यहरुको १०० सङ्ख्याको अनुपातमा १ महिला र १ पुरुष अनुसारको प्रतिनिधिहरु र जिल्लामा रहेका संस्थाका सदस्यहरुको २०० सङ्ख्याको अनुपातमा १ अनुसारको पर्यवेक्षकहरु तय गरिएको छ ।
विधान संसोधन प्रस्तावको मस्यौदा गर्न केन्द्रीय उपाध्यक्ष उत्तमिसंह थाङदेनको संयोजकत्वमा केन्द्रीय सदस्य यामचन्द्र चेम्जोङ केन्द्रीय सदस्य गायत्री थेगिम केन्द्रीय सदस्य निरन्ती तुम्बापो राष्ट्रिय पार्षद कमल तिगेला सम्मिलित ५ सदस्यीय विधान संसोधन प्रस्ताव मस्यौदा समिति गठन गरिएको छ ।
महाधिवेशनको व्यवस्थापनको लागि व्यवस्थापक जिल्ला कियाचु मोरङ जिल्ला कार्य समितिले गर्नुपर्ने कामहरु र अनुमानित बजेट तय गरी व्यवस्थापक जिल्लालाई दिइएको छ । व्यवस्थापक जिल्लाको कामलाई योजनाबद्ध समयबद्ध र जिम्मेवारपुर्वक कामहरु अघि बढाउन र कामहरुमा लगाउन केन्द्रीय उपाध्यक्ष दुर्गामाया लिम्ब के. सचिव गजेन्द्र इस्पो केन्द्रीय सदस्यहरु चित्रबहादुर पयाङ्गू र चमेली बेघालाई समन्वय र सुपरिवेक्षणको जिम्मेवार दिइएको छ । तयारीको शिलशिलामा जिल्ला र विराटनगर समितिहरुको बैठकहरु बसिरहेकाछन् । उद्घाटन समारोहको लागि विरेन्द्र सभागृह र बन्द सत्रको लागि होटल पेसेफिकको ठूलो हल तय गरेको छ ।
त्यसैगरी महाधिवेशनको एजेण्डाहरुलाई अन्तिमरुप दिइएको छ । जसमा कियाचु जिल्ला शाखा चुम्लुङहरुको त्रैवार्षिक संगठन तथा कार्य प्रगति र आर्थिक प्रतिवेदनहरु प्रस्तुत विदेशस्थित कियाचुहरुको प्रतिवेदनहरु प्रस्तुत कियाचु अन्तर्गत विषयगत संस्थाहरु,लिम्बू भाषा साहित्य प्रतिष्ठान लिम्बू सांस्कृतिक परिषद, पुनर्जीवन केन्द्र र याक्थुङ सहयोग कोषको प्रतिवेदनहरु प्रस्तुत कियाचु केन्द्रीय कार्य समितिको त्रैवार्षिक सङ्गठन तथा कार्य प्रगति प्रतिवेदन प्रस्तुत छलफल र पारित कियाचु केन्द्रीय कार्य समितिको त्रैवार्षिक आर्थिक प्रतिवेदनलेखापरीक्षण प्रतिवेदनसहित प्रस्तुत छलफल र पारित छलफलपत्रहरुमाः नयाँ संविधान निर्माण संघीयता र लिम्बुवान स्वायत्तताको प्राप्तिका चुनौतीहरु सामना २५ वर्ष पुग्न लागेको सन्दर्भमा कियाचु महाधिवेशनबाट पारित प्रस्तावहरुको कार्यान्वयनको समीक्षा समसामयिक प्रस्तावहरु प्रस्तुत छलफल र पारित विधानको छैटौं संसोधन मस्यौदा प्रस्तुत छलफल र पािरत नयाँ केन्द्रीय कार्यसमितिको चयन रहेका छन् ।
समसामयिक प्रस्तावहरुको मस्यौदा गर्न र समन्वय गर्नको लागि केन्द्रीय सचिव लीला सिङ्गक केन्द्रीय सदस्यहरु सरस्वती मादेन धनकुटा योगेन्द्र पालुङ्वा सुनसरी मोहनिसंह थेबे इलाम धिरेन लावती झापालाई जिम्मेवारी दिइएको छ । त्यसैगरी के. कोषाध्यक्ष यामबहादुर पयाङ्गूले उक्त महाधिवेशनको अवसरमा अभिनन्दन गरिने व्यक्तित्वहरुको मापदण्ड र सूचि तयार गर्ने जिम्मेवारी दिइएको छ भने केन्द्रीय सदस्य गोविन्द लिम्बू र कृष्णा सुब्बालाई केन्द्रीय कार्यालयको तर्फबाट स्वेच्छिक आर्थिक सङ्कलनको जिम्मेवारी दिइएको छ । प्रचारप्रसारको लागि केन्द्रीय सदस्य प्रेम येक्तेनलाई जिम्मेवारी दिइएको छ ।