Home    About Us   Contact Us
Articles
Photos
Issues
News&Events
Press Release
Audio & Video
Links
Downloads
Publications&Documents
 
Recent Updates
 
चुम्लुङको तेस्रो केन्द्रीय बैठक सम्पन्न : युनेस्कोको अमर्ूत सांस्कृतिक सम्पदा सुचि तयारीमा लाग्ने
लिम्बू सांस्कृतिक परिषदद्वारा पाँचौँ मुन्धुम स्वणिर्म साँझ
चुम्लुङद्वारा संस्था सुदृढीकरण कार्यक्रम सञ्चालन
प्रस्तावित किरात येले पञ्चाङ्ग पात्रोको बारेमा चुम्लुङको धारणा
प्रेस विज्ञप्ती
चुम्लुङ सुनसरी र इलामको अधिवेशन यहि फाल्गुनभित्र हुने
लिम्बू सांस्कृतिक परिषदको आयोजनामा ' मुन्धम स्वणिर्म साँझ पाँचौँ ' आगामी चैत १० गते ललितपुर चुम्लुङहिममा हुने
चुम्लुङले संस्थागत सुदृढिकरण तथा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने
तेह्रथुम चुम्लुङको अध्यक्षमा गणेश सेने
अमेरिका चुम्लुङको चौंथो महाधिवेशन सम्पन्न : अध्यक्षमा देबेन्द्र सम्बाहाङफे

राज्य पुनःसंरचनामा लिम्बुवान

भवानी बराल

गएको ०६६ साल माघ ७ गते राज्य पुनःसंरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले १४ प्रदेशको राज्य पुनःसंरचना सम्बन्धी प्रारम्भिक खाकासहितको प्रतिवेदन संविधानसभामा पेश गर् यो । त्यसको करिव दुई वर्षपछि राज्य पुनःसंरचना उच्चस्तरीय सुझाव आयोगले गैर भौगोलिक एक प्रदेशसहित ११ प्रदेशको सुझाव सरकारलाई हालै बुझाएको छ । यी दुबै प्रतिवेदनको बारेमा थुप्रै टिकाटिप्पणी भएका छन् । समितिले प्रस्तुत गरेको अघिल्लो प्रारम्भिक प्रतिवेदनको हकमा प्रमुख राजनैतिक दल खास गरिकन नेपाली काङ्ग्रेस र एमालेको विरोध रहेकोले उनीहरुले आयोग गठन गर्नैपर्ने अडान राखेपछि अन्ततः आयोग बाध्यतावश गठन भयो । यसअघि दलहरुले संविधानसभाबाटै विज्ञ समूह गठन गर्ने तयारी गरेका थिए । तर आदिवासी जनजाति सभासदको समूहककस र एनेकपा माओवादीका वैद्य पक्षको विरोधले विज्ञ टिम बन्न सकेन ।
यतिखेर आयोग गठन गर्न बाध्य पार्ने दलहरु नै आयोगले तयार गरेको प्रतिवेदनको घनघोर विरोधी भएका छन् । आयोगको बहुमतले पारित गरेको प्रतिवेदन औचित्यहीन भएको ती दलले ठोकुवा गरेका छन् । तर अल्पमतले प्रस्तुत गरेको प्रतिवेदनको खुलेर समर्थन पनि गर्न सकेका छैनन् । नेपालका राष्ट्रिय राजनीतिक दलले देखाउने गरेको यो बुझिनसक्नु पहेली हो । एनेकपा माओवादीले ुरिजर्भेसनु सहित आयोगको प्रतिवेदनमा छलफल चलाई रहेको छ । सम्भवतः उसको संश्लेषण पनि प्रतिवेदनको समर्थनमा आउने सम्भावना छैन । मधेसी मोर्चा आवद्ध फोरम गणतान्त्रिक प्रतिवेदनको विपक्षमा छ । संस्थापन फोरम पनि समर्थनमा छैन । बाँकी जातीय सङ्गठनहरु यसको विरोधमा छन् । आदिवासी जनजाति महासङ्घ पनि प्रतिवेदनको विपक्षमा छ । यसरी आयोग प्रतिवेदनको पूर्ण पाठ प्रकाशित नहुँदै रद्दीको टोकरीमा पुगिसकेको छ । आयोगले प्रस्तुत गरेको दुबै प्रतिवेदन आयोगका सदस्यहरुको व्यक्तिगत थेसिस बाहेक केहि होइन भन्ने कुरा पक्कापक्की भएको छ किनकी यो प्रतिवेदन उपर संविधानसभामा छलफल कसरी हुन्छ त्यो ठेगान हुनसकेको होईन ।
सोभियत सङ्घका तत्कालीन नेता लेनिनले भनेका थिए (दश चोटि नाप एकैचोटि काट) । तर नेपालका राजनैतिक दलहरुले नाप्दै ननापी काटिरहेका छन् जसले समस्यामाथि समस्या थपिदिएको छ । राज्य पुनःसंरचना जस्तो गहन र गम्भीर विषय तथाकथित विज्ञहरुलाई बनाउन दिँदा आउने हुर्मत यही हो । आयोग गठनको प्रकि्रया सदस्य छान्ने पद्दति नै गलत भएपछि आउने परिणाम यस्तै हुन्छ । आयोगसँग राज्य पुनःसंरचना माथिको सुझाव मात्र मागिएको थियो । समितिले प्रस्ताव गरेको १४ प्रदेशको जगमा बसेर सुझाव तयार गर्नुको साटो आयोगले समितिको प्रतिवेदनको जग पुरै हल्लाई दियो छत पनि भत्काइ दियो । समितिले प्रस्ताव गरेको प्रारम्भिक प्रतिवेदनमाथि निर्ममतापूर्वक कैंची चलाएर आयोगले आफू अनुकूल राज्यको खाका पेश गर्ने दुस्साहस गरे । त्यही दुस्साहसको परिणाम यो प्रतिवेदन हो । प्रतिवेदन झिकिदे गाँड भन्दा थपिदे गाँढ भने जस्तै भएको छ ।
आयोगको बहुमतले प्रस्ताव गरेको प्रतिवेदनले पहिचानलाई प्राथमिकता दिएको जस्तो देखिए पनि त्यसको सार पुरै एकाङ्गी र मनोगत छ । आयोगमा पुगेका नेवार तामाङ र मधेसी समुदायका सदस्यहरु र आयोग अध्यक्षबीचको व्यक्तिगत लेनदेन बाहेक प्रतिवेदनमा केही छैन । सुनकोसी प्रदेशको खारेजी नेवाः राज्यलाई तन्काएर नारायणीमा छुवाउनु तराईका दुवै प्रदेशमा मधेसको ुट्यागु झुण्ड्याउनु र दलितलाई कथित गैरभौगोलिक प्रदेशको ललिपप देखाउन गरिएको घृष्टताले मनोगत भन्ने प्रस्ट्याएको छ । अर्को अर्थमा मधेसी मोर्चाले प्रतिनिधित्व गराएका आयोगका सदस्यहरुको कथित विचारसँग आत्मसमर्पण गरेको यो प्रतिवेदन हो । राजधानीपूर्वको राजनैतिक आन्दोलनले अनुमोदन गरेको लिम्बुवान लगायतको प्रस्तावित भूभागलाई खण्डित गरेर हदैसम्मको नाकाम प्रतिवेदनले गरेको छ । मधेसी समुदायको विउ पनि नपाउने र ऐतिहासिक निरन्तरता पनि नभएको भूभाग पनि मधेसमा पारेर हदैसम्मको नालायकी देखाएको छ । यसैले आयोगको प्रतिवेदन आउनु अघिल्लो दिन नै सम्पूर्ण लिम्बूजन्य सङ्गठनले विजयपुरधरान लाई लिम्बुवानको प्रस्तावित राजधानी घोषणा गरे । लिम्बुवानको ऐतिहासिक तहसिल राजधानी विजयपुरधरान लाई यो आयोगले पनि रिसैले मधेस प्रदेशमा झारी दिएको छ । यो हदको नालायक प्रतिवेदन छलफल गर्नु मात्र पनि झगडाको कारोवार सुरु गर्नु हो । प्रतिवेदनले लिम्बुवान र किरात या खम्बुवानबीच तेसो्र झगडाको विउ रोप्ने ब्याड तयार पारिदिएको छ । शेर्पा प्रदेशलाई हटाउँदै किरात प्रदेशलाई फुलाएर सङ्घीय मन्त्री गोपाल किरातीलाई आयोग सदस्यले रामै्र चाकरी पुर् याएका छन् । यो आयोगले चारै कोणबाट देशलाई अनन्य भड्खालो उन्मुख गराएको छ । यो प्रतिवेदन संविधानसभामा प्रस्तुत हुनासाथ त्यसको बाछिटा देख्न सकिनेछ । आयोगका सदस्यहरु जस्ता रुप आकारप्रकारका छन् प्रतिवेदन पनि त्यस्तै छ । यसर्थ आयोगको फरक प्रतिवेदन पनि आयो । तर यो फरक प्रतिवेदनमा राज्यको पुनःसंरचना हुन सकेको छैन । केवल प्रशासनिक एकाइलाई विकेन्द्रित गर्ने प्रयास गरिएको छ । प्रतिवेदन राज्य पुनःसंरचना हदको छैन । यसले राज्य पुनःसंरचनाको राजनैतिक अर्थलाई आत्मसाथ गरेकै होइन । यसर्थ त्यस प्रतिवेदन उपर बहस गर्नु मुनासिव माफिक छैन । आयोगका सदस्यहरु जस्ता थिए प्रतिवेदन सोही अनुरुप आयो । जस्तो आफु उस्तै च्यापु भनेको सायद यहि हो ।
राज्य पुनःसंरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले पहिचान र सामथ्र्यका आधारमा १४ प्रदेशको प्रारम्भिक प्रस्ताव ल्याएको थियो । साना राष्ट्रियतालाई सम्बोधन गर्न विशेष संरचना अन्तरगत स्वायत्त क्षेत्र विशेष क्षेत्र र संरक्षित क्षेत्रको व्यवस्था प्रस्ताव गरेको थियो । यी क्षेत्रहरु प्रदेश अन्तरगत रहने भएपनि संवैधानिक व्यवस्थाको प्रस्ताव थियो । राजनैतिक अग्राधिकार आत्मनिर्णयको अधिकार र विशेषाधिकारलाई सैद्धान्तिक रुपमा स्वीकार गरेको थियो । सिमांकन र केहि प्रदेशको प्रस्ताव वाहेक समितिको प्रस्ताव नेपाली सङ्घीयताको प्रस्थानबिन्दु थियो । तर आयोगको यो सुझावमा यी सबै विषयवस्तु हात्तिको देखाउने दाँत बराबर भएका छन् । पहिचानका नाममा मनोगत सिमाङ्कन र हास्यास्पद ठाउँमा राजधानी राखेर गाईजात्रा देखाइएको छ । नारायणीको राजधानी गोर्खामा राखेर आयोगमा नियुक्ति दिने प्रधानमन्त्री बाबुराम भट्टराईको चाप्लुसी गर्न पनि आयोग सक्षम भएको छ । आयोगका बहुमत सदस्यले प्रस्ताव गरेको प्रतिवेदनले दुई चक्के सङ्घीयताको नमुना पेश गरेको छ । विशेष संरचनालाई प्रदेशको जिम्मा लगाएपछि यस्तो देखिन पुगेको हो । सङ्घीय संरचना दुई चक्के बनाउने हो भने अन्ततः त्यो रुपको सङ्घ भए पनि सारको हुने छैन । यस्तो प्रस्तावले प्रदेशहरु बढाउँछ तर त्यसको विशेषता एकात्मक हुन जान्छ । यस्ता राज्यलाई बहुएकात्मक राज्य भन्दा फरक पर्ने छैन । संविधानसभामा फेरि पनि आयोगको प्रस्तावलाई छलफलमा लगियो भने संविधान निर्माणको हलो अड्काउने तुरुप यहि बन्ने छ ।

रहलपहल
राज्य पुनःसंरचना गर्नु उहिख्याल उहि ठट्टा होइन । नेपालको विशिष्टतामा राज्य पुनःसंरचनाको सवाल किन उठ्यो भन्ने विषयको गहिराई नबुझुन्जेल जति नै विज्ञ भए पनि तिनको बुद्धिको बिर्को उघि्रने छैन । त्यसैले आयोगले दलितलाई गैरभौगोलिक प्रदेश दिँदा पनि प्रायः सतप्रतिशत दलितजन्य सङ्गठनले स्वीकार गरेनन् । गैरभौगोलिक प्रदेश दलितलाई तिर्खा लागेको बेला पानी नदिएर चिउरा दिए सरह भएको छ ।
राज्यको पुनःसंरचना भनेको नयाँ रचना पनि हो । नेपालमा राज्य पुनःसंरचनाको सवाल एकै ढङ्गले एकै रङले उठेको उठाएको होइन । उदाहरणको लागि लिम्बुवानको सवाल र अन्यान्य राज्यको माग समअर्थको होइन । लिम्बुवानको विशिष्टता र नेवाःको मागलाई समान अर्थमा बुझियो भने त्यो राज्य पुनःसंरचना गर्दा अनर्थ हुन्छ । लिम्बुवानको माग जातीय ऐतिहासिक पृष्ठभूमिमा तत्कालीन लिम्बुवानको करिब करिब पुनःस्थापनाको माग हो । यस अर्थमा सबै लिम्बूजन्य सङ्गठनले अरुणपूर्वको ९ जिल्लाको दावी गर्दै आएका छन् । यो एक प्रकारको क्षेत्रगत भौगोलिक प्रदेशको माग हो । लिम्बू जातिको ऐतिहासिक पृष्ठभूमिको आधारमा बन्ने राष्ट्रिय राज्यको माग हो । लिम्बूजन्य सङ्गठनले लिम्बू जातिको जातीय राज्य माग गरेको भए अरुणपूर्वको भूभाग दावी गर्ने नै थिएनन् । अरुणपूर्वमा लिम्बू जाति १० प्रतिशत भन्दा कम सङ्ख्यामा छन् । उनीहरुको ऐतिहासिक थलोमा पहिचान राख्ने माग हो । तर राज्य पुनःसंरचना गर्नेहरुले लिम्बू जातिको झुण्ड बनाएर जातिको आधारमा राज्य बनाउने ठाने । यो नै गलत भयो र समिति र आयोग दुबैले वर्तमानको जनसङ्ख्या हेरेर लिम्बू झुण्ड भएको लिम्बुवानको सिमाङ्कन गरे । आजको सामाजिक शास्त्र विपरित जातीय झुण्ड बनाउने मानवशास्त्र विरोधी हर्कत गर्न पुगे । यस्तै पूर्वदेखि पश्चिम हिमाल र तराईमा राज्य पुनःसंरचनाको माग एकै आधारमा उठेको होइन । जातीय क्षेत्रीय भाषिक उत्पीडनको विभिन्न आधारमा उठेका हुन् । यसैले एकै आधारबाट नेपालको सङ्घ बनाउन खोज्यो भने त्यो उँुट जस्तो हुने छ । अहिले त्यहि भैरहेको छ । आयोगको बहुमत सदस्यले प्रस्तुत गरेको राज्यको रचना सम्बन्धित आयोगका सदस्यहरुको सामुदायिक अहङ्कारको कुहि गन्धले भरिएको छ । अल्पमत सदस्यले प्रस्तुत गरेको प्रतिवेदन प्रशासनिक एकाइहरु बनाउने मेलोमेसो भएकोले छलफल गरेर घाँटी गलाउनु पर्दैन । सार्वभौम संविधानसभाको विषयगत समितिले प्रस्तुत गरेको प्रारम्भिक प्रतिवेदनमा नमिलेका सिमाङ्कन आदि विषयलाई ठीक गरेर लैजाँदा नै उचित हुन्छ । राज्यको रुपरेखा पनि अन्तरिम नै हो । राजनैतिक अभ्यासबाट यस्ता रुपरेखा संस्थागत परिमार्जित हुँदै जानेछन् ।

Posted on:2012-03-30