2018-11-20

कियाचु स्व. देवी बहादुर आङबुङ लिम्बू स्मृति छात्रवृत्ति पुरस्कार – २०७२

कियाचु स्व. देवी बहादुर आङबुङ लिम्बू स्मृति छात्रवृत्ति पुरस्कार – २०७२

प्रस्तावना

नेपालमा परापूर्वकालदेखि बसोबास गर्दै आएका आदिवासी लिम्बूहरुको उच्च माध्यमिक शिक्षामा अध्ययनरत विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने उद्देश्य राखी पूजनीय बुबा÷ससुरा स्व. देवी बहादुर आङबुङ लिम्बूको नाममा जेठी छोरी श्री लक्ष्मी लिम्बू र ज्वाइँ श्री राज बहादुर राई (कोट गाविस वडा नं. ४, भोजपुर हालः ललितपुर उपमहानगरपालिका वडा नं. ४ बागडोल), माहिली छोरी श्री उर्मिला लिम्बू र ज्वाइँ श्री विगेन्द्र लिम्बू (धरान नगरपालिका वडा नं. १०, सुनसरी घर भई हालः बेलायत), कान्छी छोरी श्री शर्मिला लिम्बू र ज्वाइँ श्री विवेकसेन गुरुङ (लेखनाथ नगरपालिका वडा नं. १, कास्की घर भई हालः ललितपुर सैँबु गाविस, भैँसेपाटी)ले किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्य समितिको मातहतमा सञ्चालन हुने गरी अक्षयकोष स्थापनार्थ किरात याक्थुङ चुम्लुङलाई रु. ३,०३,३०६।– (अक्षरेपी तीनलाख तीनहजार तीनसय छ मात्र) नगद रकम प्रदान गर्नु भएको र उक्त अक्षयकोष सञ्चालन गर्दै कियाचु स्व. देवी बहादुर आङबुङ लिम्बू स्मृति छात्रवृत्ति पुरस्कार – २०७२ स्थापना भएको हो ।

उद्देश्य

कियाचुको प्रचलित विधानको अधिनमा रही सञ्चालन हुने गरी उच्च माध्यमिक शिक्षामा अध्ययनरत विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने छात्रवृत्तिको उद्देश्य हुनेछ ।

पुरस्कार राशी

अक्षयकोषबाट वार्षिक रुपमा प्राप्त हुने ब्याज रकमबाट व्यवस्थापन समितिको सिफारिसमा अक्षयकोषको उद्देश्य अनुसार प्रत्येक बर्ष उच्च माध्यमिक तह (कक्षा ११ र १२) मा अध्ययनरत छात्रलाई छात्रवृत्ति प्रदान गर्नेछ । छात्रवृत्तिको लागि कक्षा ११ मा छानिएको विद्यार्थीले कक्षा १२मा पनि निरन्तर प्राप्त गर्नेछ । कक्षा १२मा निरन्तर छात्रवृत्ति प्राप्त गर्नका लागि अध्ययन निरन्तरता कायम रहनु अनिवार्य शर्त हुनेछ । उक्त साँवा रकमको वार्षिक ब्याजको ८० % रकमबाट मात्र छात्रवृत्ति प्रदान गरिनेछ ।

सहभागिता

प्रत्येक बर्ष उच्च माध्यमिक तह (कक्षा ११ र १२) मा अध्ययनरत छात्रलाई छात्रवृत्ति प्रदान गर्नेछ । छात्रवृत्तिको लागि कक्षा ११ मा छानिएको विद्यार्थीले कक्षा १२मा पनि निरन्तर प्राप्त गर्नेछ । कक्षा १२मा निरन्तर छात्रवृत्ति प्राप्त गर्नका लागि अध्ययन निरन्तरता कायम रहनु अनिवार्य शर्त हुनेछ ।

संस्थापक

जेठी छोरी श्रीमती लक्ष्मी लिम्बू र ज्वाइँ श्री राज बहादुर राई (कोट गाविस वडा नं. ४, भोजपुर हाल ललितपुर उपमनपा वडा नं. ४ बागडोल), माहिली छोरी श्री उर्मिला लिम्बू र ज्वाइँ श्री विगेन्द्र लिम्बू (धरान नगरपालिका वडा नं. १०, सुनसरी घर भई हाल बेलायत), कान्छी छोरी श्री शर्मिला लिम्बू र ज्वाइँ श्री विवेकसेन गुरुङ (लेखनाथ नपा वडा नं. १, कास्की घर भई हाल ललितपुर सैँबु गाविस, भैँसेपाटी)ले पूजनीय बुबा÷ससुरा स्व. देवी बहादुर आङबुङ लिम्बूको नाममा कियाचुको मातहतमा सञ्चालन हुने गरी कियाचुलाई प्रदान गर्नु भएको रु. ३,०३,३०६।– (अक्षरेपी तीनलाख तीनहजार तीनसय छ मात्र) नगदबाट किरात याक्थुङ चुम्लुङ स्व. देवी वहादुर आङबुङ लिम्बू स्मृति अक्षयकोषको स्थापना गरिएकोछ ।

पुरस्कृति व्यक्तित्व

२०७३ साल । डिल्लीराम लिम्बुलाई रु १० हजार । कक्षा ११ श्री कृष्ण उच्च मावि तेह्रथुम ।

२०७३ साल । दृष्टिविहीन सुवास लिम्बु । कक्षा ११ श्री भानु उच्च मावि ताप्लेजुङ ।

२०७४ साल । डिल्लीराम लिम्बुलाई रु १० हजार । कक्षा १२ श्री कृष्ण उच्च मावि तेह्रथुम ।

२०७५ साल । अनिल लिङदेनलाई रु १० हजार । कक्षा ११ श्री भञ्ज्याङ उच्च मावि ताप्लेजुङ ।

२०७६ साल । अनिल लिङदेनलाई रु १० हजार । कक्षा १२ श्री भञ्ज्याङ उच्च मावि ताप्लेजुङ ।

२०७६ साल । पुर्ण कुमार लिम्बु रु १० हजार । कक्षा ११ श्री विनोद मावि संखुवासभा ।

२०७७ साल I पुर्ण कुमार लिम्बु रु १० हजार । कक्षा १२ श्री विनोद मावि संखुवासभा ।

२०७७ साल । सेसेमा खापुङ रु १० हजार । कक्षा १२ श्री धरान उच्च मावि सुनसरी ।