2018-11-20

किरात याक्थुङ चुम्लुङ इजरायल कल्याणकारी कोष छात्रवृत्ति पुरस्कार – २०७३

किरात याक्थुङ चुम्लुङ इजरायल कल्याणकारी कोष छात्रवृत्ति पुरस्कार – २०७३

प्रस्तावना

वैदेशिक रोजगारीका लागि इजरायल पुगेर बसेका याक्थुङ (लिम्बू)हरूद्वारा स्वेच्छिक रुपमा संकलित रकम र विश्वभरि रहनुभएका याक्थुङ (लिम्बु)हरु लगायत नेपाली भाषीहरुले स्वेच्छाले दिनुभएको रकम संकलन गरी नेपालमा याक्थुङ (लिम्बू) समुदायका असहाय वा अपाङ्गता भएका वा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्ने, कमजोर आर्थिक स्थीतिका एकल महिलाहरुलाई सीपमुलक तालिमका लागि आर्थिक सहयोग पु¥याउने साथै याक्थुङ (लिम्बु)हरुको धर्म, भाषा, लिपी, कला, संस्कृति र ऐतिहास खोज प्रति रचनात्मक कार्य गर्ने ब्यक्तिलाई प्रोत्साहनका लागि पुरस्कार दिने उद्देश्यका यो किरात याक्थुङ चुम्लुङ इजरायल कल्याणकारी कोष छात्रवृत्ति पुरस्कार – २०७३ स्थापना भएको हो ।

उद्देश्य

लिम्बू समुदायका असहाय, अपांगता भएका र जेहेन्दार बालबालिकाहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्ने । लिम्बू समुदायका अति कमजोर आर्थिक अवस्था भएका र आय श्रोत नभएका एकल महिलाहरुका लागि सिपमुलक तालिमको लागि आर्थिक सहयोग प्रदान गर्ने । याक्थुङ जातिको धर्म, भाषा, लिपी, कला संस्कृतिका साथै याक्थुङहरुका इतिहासहरुको खोज प्रति रचनात्मक कार्य गर्ने ब्यक्तिलाई नगद पुरस्कार सहित प्रशंसा पत्र प्रदान गर्ने ।

पुरस्कार राशी

अक्षयकोषबाट प्राप्त ब्याज रकमको हरेक बर्षको आम्दानीको आधारमा उद्देश्य अनुरुप छात्रवृत्ति, सहयोग र पुरस्कारको राशी रकम निर्धारण गर्ने साथै संख्या बढाउने, घटाउने, पुरानैलाई निरन्रता दिने नदिने, नयाँ थप प्रदान गर्ने ब्यवस्थापन गरिन्छ ।

सहभागिता

अक्षय कोषबाट प्राप्त ब्याज रकमको हरेक बर्षको आम्दानीको आधारमा उद्देश्य अनुरुप छात्रवृत्ति, सहयोग र पुरस्कारको राशी रकम निर्धारण गर्ने साथै संख्या बढाउने, घटाउने, पुरानैलाई निरन्रता दिने नदिने, नयाँ थप प्रदान गर्ने साथै ब्याज रकमको उचित ब्यवस्थापन बारेमा केन्द्रीय सचिवालयले गर्नेछ । छात्रवृत्ति, सहयोग र पुरस्कार प्रदान गरिने ब्यक्तिहरुको छनौट नेपालको लिम्बुवानमा बसोबास गरेकाहरु लिम्बुहरु मध्येबाट हुनुपर्दछ । छनौटको क्रममा दुर्गम क्षेत्रकाहरुलाई प्राथमिकतामा राखिएको हुनुपर्दछ । छनौटमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुषको अनुपात कायम गर्नुपर्नेछ । छात्रवृत्ति पाईरहेको अभिभावकको आर्थिक स्थिति सबल भएमा पाईरहेको अनुदान रोक्का गरिनेछ । छात्रवृत्ति वितरणको हकमा एक पटक छनौट भएको विद्यार्थीले कक्षा १० पुरा नगरुन्जेल हरेक बर्ष प्राप्त गर्न सक्नेछ । तर, एक पटक छनौट भएको विद्यार्थी कुनै कक्षामा अनुत्तीर्ण भएमा, अनुशासित नभएको प्रमाणीत भएमा, छात्रवृत्ति बापत प्राप्त रकम अन्यत्रै खर्च गरेको पाईएमा, नियमित विद्यालय नगएको ठहर भएमा छात्रवृत्ति रोक्का गर्न सकिनेछ ।

संस्थापक

विदेश इजरायलमा संगठित भएको किरात याक्थुङ चुम्लुङ इजरायलको पहलकदमी र कियाचु नेपालको समन्वयमा यो कल्याणकारी कोष स्थापना भएको हो । इजरायलमा कार्यरत लिम्बु दाजुभाइ तथा दिदीबहिनीहरु लगायतबाट आर्थिक सहयोग संकलन गरी कियाचु इजरायलले यो कोष स्थापना गरेको हो । यो कोष स्थापनाको लागि आर्थिक संकलन गर्दा संस्थापक सदस्य, संरक्षक सदस्य र आजीवन सदस्यको रुपमा रकम संकलन गरिएको थियो । कियाचु इजरायलले पटक पटक आर्थिक सहयोग संकलन गर्दै नेपालमा रकम पठाइएको थियो । उक्त पठाइएको रकमहरुलाई एकमुष्ठ पारी कियाचु नेपालको केन्द्रीय कार्यालय मातहत बैंकमा रु २६,२०,८८८ (अक्षरेपी छब्बिस लाख बीस हजार आठसय अठासी रुपीयाँ मात्र) रकमको मुद्दती खाता खोली अक्षय कोषको स्थापना गरिएको हो ।

पुरस्कृत व्यक्तित्व

यो कोषबाट प्राप्त ब्याज रकमबाट विद्यालयस्तरका पुरस्कारहरु २०७३ सालदेखि शुरुवात भएको हो । वेभसाइटमा स्थान अभावको कारण सबै प्रस्तुत भएका छैनन् । विद्यालयस्तरमा वितरित छात्रवृत्ति पुरस्कार रकम यो नै ठूलो र व्यापक आकारमा रहेको देखिन्छ । हालै २०७७ सालमा रुपीयाँ १ लाख २ हजार बराबरको छात्रवृत्ति पुरस्कारहरु निम्नानुसारका विद्यार्थी, कक्षा र जिल्लामा वितरण भएको विवरण यहाँ उदाहरणको रुपमा प्रस्तुत गरिएको छ ।

२०७७ सालमा छात्रवृत्ति वितरण

विनिता कन्दङवा, रु १० हजार, कक्षा १०, तेह्रथुम

इन्द्र बहादुर सम्वाहाङफे, रु १० हजार, कक्षा ९, झापा

गीता चौलागाई, रु १० हजार, कक्षा ९, पान्थर

कान्छीना लिम्बु , रु १० हजार, कक्षा ८, ताप्लेजुङ

बेविसा येक्तेन, रु १० हजार, कक्षा ७, इलाम

रेनुका आपागाई, रु १० हजार, कक्षा ७, तेह्रथुम

उश्मीता चेम्जोङ, रु १० हजार, कक्षा ७, धनकुटा

सन्जीव वि.क. , रु ८ हजार, कक्षा ५, ताप्लेजुङ

सोहानी नेम्बाङ, रु ८ हजार, कक्षा ५, पान्थर

सन्ध्या लिम्बु, रु ८ हजार, कक्षा ५, सुनसरी

नामाहाङ लिम्बुु, रु ८ हजार, कक्षा ३, मोेरङ