2019-10-14

मिति २०७५।५।३१ गते विरोध प्रेस विज्ञप्ति

मिति २०७५।५।३१ गते प्रेस विज्ञप्ति

तेह्रथुम लालीगुराँस नगरपालिका ५ दागपा सल्लेरी बहुउदेश्यीय सामुदायिक उपभोक्ता समितिको परिसरमा रहेको लिम्बु आदिवासीहरु लगायतको समाधीस्थल मासेर खेल मैदान बनाएको प्रति यस संस्थाबाट गम्भीर आपत्ती प्रकट गर्दै विरोध गर्दछौं ।

समाधीस्थलहरु आफैमा सांस्कृतिक, पुरातात्विक, पवित्रस्थलहरु हुन् । यी स्थलहरुलाई राज्यद्वारा संरक्षित हुनुपर्ने व्यवस्थाहरु आइएलओ १६९, आदिवासीहरुको हक अधिकार सम्बन्धी अन्तराष्ट्रिय घोषणा पत्र, यस सम्बन्धमा सर्वोच्च अदालतबाट भएको फैसला, नेपालको संविधानले प्रष्ट पार्दापार्दै, राज्यको एक जिम्मेवार अंग लालीगुराँस नगरपालिकाको सहयोगमा यस्तो कार्य हुनु गएकोमा निन्दा र भत्र्सना गर्दछौं ।

किरात याक्थुङ चुम्लुङको तेह्रथुम जिल्ला समिति, स्थानीय समिति र स्थानीयहरुबाट यस सम्बन्धमा भएका विरोध गतिविधिहरुलाई केन्द्रबाट समर्थन, ऐक्यबद्धता, सहयोग र समन्वय जनाउँदै आफनो संस्कृतिमाथिको गलत हस्तक्षेप विरुद्ध सम्बन्धित निकायमा विरोध जनाउन, समाधिस्थलहरुलाई यथावत संरक्षित गर्न गराउन, हुन गएको गम्भीर क्षतिको उचित क्षतिपूर्ति भराउन, स्थानीयवासी, समाधिस्थलका सम्बन्धित थरगत एवम् थुमगत संस्था–समाजहरु, आदिवासी जनजातिहरु, मानवअधिकारकर्मीहरु, सहयोगी संघसंस्थाहरुलाई अनुरोध गर्दछौं ।

योगराज लिम्बू वनेम

अध्यक्ष, केन्द्रीय कार्य समिति