मिति २०७६।०८।०६ गते प्रेस विज्ञप्ति सिमाना मिचिएको
मिति २०७६।०८।०६ गते
प्रेस विज्ञप्ति
आज मिति २०७६।०८।०६ गते ललितपुर चुम्लुङ हिमस्थित केन्द्रीय कार्यालयमा किरात याक्थुङ चुम्लुङ केन्द्रीय सचिवालयको बैठक बसी हालैका दिनहरुमा चर्चा विवादमा आएको नेपालको सिमाना मिचिएको विवादहरुको सम्बन्धमा संस्थाको तर्फबाट कडा विरोध जनाउने, देशको सिमाना जोगाउने र कायम राख्ने कार्यमा नेपाल सरकारले अविलम्ब गम्भीरतापुर्वक कदम चालोस् भनी जोडदार माग गर्ने निर्णय गरिएको यसै विज्ञप्ति मार्फत सबैमा जानकारी गराउँदछौं ।
पश्चिमको लिम्पियाधुरा, कालापानी, लिपुलेकलाई भारतको नक्सामा राखिएको र पुर्वको सन्दकपुरमा घुम्न, आवतजावतमा भारतीय सीमा सुरक्षाले रोक लगाएको समाचारहरुले हामीलाई अत्यन्त दुखित तुल्याएकोछ । उल्लेखित लिम्पियाधुरा, कालापानी, लिपुलेकमा नेपालका तर्फबाट जनगणना गर्ने गराउने व्यक्तित्वहरु, बुद्धिजीविहरु र सिमाविद्हरुले उक्त भुभाग नेपालकै रहेको प्रशस्त प्रमाणहरुको बारेमा जानकारी दिइरहनुभएको सन्दर्भमा उक्त प्रमाणहरुलाई सदुपयोग गरी कुटनीतिक पहल, दुइपक्षीय, बहुपक्षीय एवम अन्तर्राष्ट्रियस्तरको पहलकदमी गरी नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी राख्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं ।
योगराज लिम्बू वनेम
अध्यक्ष, केन्द्रीय कार्य समिति