यक्पाहाङदेन(युक्पुहाङ) वंश संरक्षण समितिसँग सम्बन्धन र सहकार्य
yakpahangden bangsa sangrachhan samiti affiliation
यक्पाहाङदेन(युक्पुहाङ) वंश संरक्षण समितिसँग सम्बन्धन र सहकार्य
मिति २०७६ फागुन १३ गते (किरात येले तङ्वे ५०८०) किरात याक्थुङ चुम्लुङ प्रतिनिधि र यक्पाहाङदेन (युक्पुहाङ) वंश संरक्षण समितिको प्रतिनिधि बीच झापा जिल्ला, विर्तामोड नगरपालिका वडा नं. १, सिरिजंगा चोक, चारपाने स्थित किरात याक्थुङ चुम्लुङ जिल्ला कार्यालय, विर्तामोड चुम्लुङ हिममा बसी दुवै स्वायत्त संस्थाहरू मिली आदिवासी लिम्बू जातिको हित र साझा उद्देश्य प्राप्तिका लागि उल्लेखित बुँदाहरूमा सहमति भई सम्बन्धन दिने लिने कार्य सम्पन्न भएको छ । उक्त सम्बन्धन पत्रमा किरात याक्थुङ चुम्लुङको तर्फबाट उपाध्यक्ष डा. कमल तिगेला, महासचिव निरन्ती तुम्बापो र यक्पाहाङदेन (युक्पुहाङ) वंश संरक्षण समितिको तर्फबाट अध्यक्ष लिला बहादुर यक्पाहाङ्देन, सचिव राजु यक्पाहाङ्देनले हस्ताक्षर गर्नुभएको छ ।
उक्त सम्बन्धन पत्रमा हस्ताक्षर भएपछि दुवै संस्थाहरुले एकापसमा १) भाषा, लिपि, संस्कार, संस्कृति, इतिहास, परम्परा आदि क्षेत्रमा सहकार्य हुनेछ । २) माङ्गेना यक, समाधिस्थल, मुन्धुमी स्थलहरू (सांस्कृतिक स्थल, तीर्थस्थल, प्राचीन स्मारकस्थल, कलात्मक वस्तु) ऐतिहासिक एवम् पुरातात्विक स्थलहरू, भूमि, प्राकृतिक स्रोतहरूको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनमा सहकार्य हुनेछ । ३) यक्पाहाङदेन (युक्पुहाङ) वंश संरक्षण समितिको अध्यक्ष वा प्रतिनिधि किरात याक्थुङ चुम्लुङको विधानको व्यवस्था बमोजिम राष्ट्रिय महाधिवेशन र राष्ट्रिय चुम्लुङमा सहभागिता रहनेछ । ४) किरात याक्थुङ चुम्लुङको अध्यक्ष वा प्रतिनिधि यक्पाहाङदेन (युक्पुहाङ) वंश संरक्षण समितिको अधिवेशन र साधारणसभामा अतिथिको रुपमा सहभागिता रहनेछ ।

