2020-09-08

चुम्लुङ युके अध्यक्ष सम्बाहाङफेलाई शुभयात्रा

uk certificate handover

चुम्लुङ युके अध्यक्ष सम्बाहाङफेलाई शुभयात्रा

मिति २०७६ फागुन २९ गते किरात याक्थुङ चुम्लुङ युकेको अध्यक्ष तिलविक्रम सम्बाहाङफेको बिदाई गरिएको छ । आफनो कर्मभूमि युके फर्कने क्रममा वहाँलाई केन्द्रीय कार्यालय ललितपुरमा माला सिलाम साक्मा लगाई दिएर शुभयात्रा शुभकामना बिदाई दिइएको थियो । साथै कियाचु युकेको चुम्लुङ “गौरवशाली” सहयोगदाता सम्मान पत्र र वहाँ आफैको, श्रीमती नरकुमारी सेन्दाङ वनेम, श्रीमती कमला सेन्दाङ लिम्बु, पुर्ण कुमार फालेछुवा, जेबी कन्दङवाको लागि तयार पारिएको चुम्लुङ “उत्कृष्ट” सहयोगदाता सम्मान पत्रहरु, प्रमाण पत्रहरु युकेमा नै वितरणको अनुरोध गर्दै हस्तान्तरण गरियो ।

कियाचु युकेका अध्यक्ष श्री सम्बाहाङफे नेपाल बिदामा आउनुभएको बखत MoU हस्ताक्षर समारोह सम्पन्न भएको हो । वहाँले कियाचु नेपालको झापा विर्तामोडमा सम्पन्न २३ औं राष्ट्रिय चुम्लुङमा सहभागी हुनुभएको थियो । यही समयमा वहाँले कियाचु नेपालको केन्द्र आत्मनिर्भर अक्षय कोषमा कियाचु युके मार्फत संकलित ठूलो रकम १० लाख ६० हजार ४८५ रुपीयाँ हस्तान्तरण गर्नुभएको थियो । अघिल्लो समयमा नेपाल बिदामा आउनुभएको बखत अध्यक्ष सम्बाहाङफेसँग सहयोग गर्नको लागि विस्तृत छलफल भएको थियो र सो क्षणमा अत्यन्त हृदयका साथ सहयोग गर्ने बचन दिनुभएको थियो, सो अत्यन्त निष्ठापुर्वक एवम् हार्दिकताका साथ सहयोग पुरयाउनुभयो ।