2020-09-11

मिति २०७७।०२।२६ रानीगाउँ चिहान र इलाम मुर्तिहरु तोडफोड भत्र्सना विज्ञप्ति

मिति २०७७।०२।२६ चिहान र मुर्तिहरु तोडफोड विज्ञप्ति

पान्थर रानीगाउँमा लिम्बु चिहान भत्काइएको र इलामबजार चियाबगानको लिम्बु पहिचान झल्काउने मुर्तिहरु तोडफोड सम्बन्धमा लिम्बु आदिवासी संगठन किरात याक्थुङ चुम्लुङको केन्द्रीय सचिवालयको मिति २०७७।०२।२५ गते भर्चुअल बैठक बसी यो विज्ञप्ति जारी गरिएको छ ।

पान्थर जिल्ला साविक रानीगाउँ वडा नं. ६ हाल कुम्मायक गाउँपालिका वडा नं. ४ मा अवस्थित आदिवासी लिम्बु (सम्बाहाम्फे)को समाधिस्थलमा स्मृति पार्क बनाउने क्रममा चिहान भत्काइएको सम्बन्धमा कियाचु केन्द्रीय कार्यालयको ध्यानाकर्षण भई तत्काल कियाचु पान्थरबाट विरोध जनाउन साथै कियाचु पान्थरलाई घटनासँग प्रत्यक्ष सम्बन्धित सम्बाहाम्फे समाज, लिम्बुजन्य संस्थाहरु, आदिवासी जनजाति संस्थाहरुसँग समन्वय गरी विरोध जनाउन र समस्या समाधानको लागि तदारुकताकासाथ कार्य गर्न गराउन अनुरोध भइसकेको जानकारी गराउँदै कियाचु केन्द्रीय कार्यालयको तर्फबाट पनि उक्त घट्नाको निन्दा एवं भत्र्सना गर्दै पार्क निर्माण कार्य तत्काल रोकी भत्काइएको समाधीस्थलहरु यथावत संरक्षित गरियोस् र सम्बन्धित समाज एवं परिवारलाई पुग्न गएको सम्बेदनात्मक एवं सांस्कृतिक चोट÷क्षतिको उचितढंगले भरणपोषण गरियोस् भनी सम्बन्धीत पक्षसँग जोडदार माग गर्दछौं ।

इलाम जिल्ला इलाम नगरपालिका वडा नं. ७ चियाबारी डाँडामा स्थापित लिम्बु पहिचान झल्काउने मुर्तिहरुलाई मिति २०७७।०२।१९ गते तोडफोड भएको सम्बन्धमा ध्यानाकर्षण भई अपराधीलाई कडा कारबाही गर्न गराउनको लागि केन्द्रीय कार्यालयबाट तत्कालै कियाचु इलामसँग समन्वय भएको थियो । सो क्रममा कियाचु इलामबाट तुरुन्त विज्ञप्ति जारी गरी विरोध भएको र अपराधीलाई कारबाही गर्न गराउनको लागि तुरुन्त भूमिका निर्वाह भएको सबैमा जानकारी गराउँदै कियाचु केन्द्रीय कार्यालयको तर्फबाट पनि उक्त घटनाको निन्दा एवं भत्र्सना गर्दै दोषी अपराधीलाई कडा कारबाही गरियोस् र तोडफोड मुर्तिहरुको उचितढंगले निर्माण गरियोस् भनी सम्बन्धीत पक्षसँग जोडदार माग गर्दछौं ।

योगराज लिम्बू वनेम

अध्यक्ष, केन्द्रीय कार्य समिति