2021-05-13

चुम्लुङ्हङकङबाट दोभानबजार आगलागी पीडितलाई सहयोग

मिति २०७७/११/२४ गते ताप्लेजुङ । ताप्लेजुङ मेरिङ्देनको दोभान बजारमा गत फागुन १८ गते लागेको दु:खद आगलागी पीडित ५२ घर परिवारलाई किरात याक्थुङ चुम्लुङ् हङकङ र ताप्लेजुङ समाज हङकङको समन्वय सहयोगमा संकलित रकम रु. १०,००,०००( दश लाख ) रुपैयाँ किरात याक्थुङ चुम्लुङ हङकङ पुर्व अध्यक्ष त्रिभुवन लुम्फुङवा वर्तमान उपाध्यक्ष शम्शेर तुम्वाङ्फेको विशेष उपस्तिथिमा कियाचु जिल्ला ताप्लेजुङ माफर्त वितरण गरिएको छ । विश्व माहामारी कोरोना कहर सँगै सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरुलाइ सम्मान व्यक्त गर्दछौं । आर्थिक सहयोग संकलन गर्नु हुने कियाचु हङकङ र ताप्लेजुङ समाज हङकङलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं । वितरण व्यवस्थापक कियाचु जिल्ला ताप्लेजुङलाई लुङमेन्दिङ नोगेन व्यक्त गर्दछौं ।