2021-05-19

साइप्रस र कतारद्वारा संकलित रकम वितरण

मिति २०७८ वैशाख ६ गते । ताप्लेजुङको दोश्रो ठुलो बजार दोभानका अग्नि पीडितलाई किरात याक्थुङ चुम्लुङ साइप्रस र कतारद्वारा संकलित रकम वितरण गरिएको छ । किरात याक्थुङ चुम्लुङ ताप्लेजुङको पहलमा साइप्रस र कतारबाट संकलन गरिएको १ लाख रुपँैया नगद आगलागीबाट प्रभावित ५० परिवारलाई सोमबार प्रदान गरिएको ताप्लेजुङ शाखाका सचिव इन्दिरा मेन्याङवोले जानकारी दिनुभयो । उहाँका अनुसार पीडित परिवारलाई २ हजार रुपँैयाका दरले नगद वितरण गरिएको हो ।कार्यक्रममा मेरिङदेन गाउँपालिका ३ नम्बर वडाध्यक्ष गणेश प्रसाद भण्डारी, किरात याक्थुङ चुम्लुङका केन्द्रिय महासचिव निरन्ती तुम्बापो, केन्द्रिय सदस्य निर्मला तावा, ताप्लेजुङ शाखाका उपाध्यक्ष डि बि पालुङवा, सचिव इन्दिरा मेन्याङवो, स्थानीय लगायतको उपस्थिति रहेको थियो । गत फागुन १८ गते भएको आगलागीबाट ५० ओटा घर जलेर नष्ट हुँदा करिब ४० करोड बराबरको क्षति भएको थियो । आगलागीबाट ६० परिवार विस्थापित भएका थिए ।