2021-05-19

चुम्लुङ अमेरिकाको आठौं महाधिवेशन सम्पन्न

मिति २०७८ बैशाख १२ गते (अप्रील २५, २०२१) अमेरिका । किराँत याक्थुङ चुम्लुङ अमेरिकाको आठौं महाधिवेशन आईतबार नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना अध्यक्ष लोक चेम्जुङको प्रमुख आतिथ्यमा सम्पन्न महाधिवेशनले निर्विरोध अध्यक्ष सुमन थाम्सुहाङ लिम्बूलाई निर्वाचित गरेको छ ।

कियाचुको निवर्तमान अध्यक्ष वीरेन्द्रहाङ लाबुङ लिम्बूको सभाध्यक्षतामा आयोजित उक्त महाधिवेशनमा फिप्ना अध्यक्ष लोक चेम्जुङ, किराँत राई सोसाईटी अफ अमेरिका अध्यक्ष राम राई,तामाङ सोसाईटी अफ नर्थ अमेरिका अध्यक्ष लक्यान लामा,युनाईटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका न्यूयोर्क च्याप्टर अध्यक्ष केशवराम राई,कियाचु अमेरिका पूर्वअध्यक्ष देवेन्द्र सम्बाहाम्फे,पूर्वउपाध्यक्ष पुष्पलत्ता थाम्सुहाङ,कियाचु अमेरिका कानुनी सल्लाहकार दुर्गा सुब्बा लगायतका महानुभावहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

किरात याक्थुङ चुम्लुङ अमेरीकाको आठौ महाधिवेशनले सुमन थाम्सुहाङ लिम्बुको अध्यक्षतामा २१ सदस्यीय नया कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । दुई वर्ष कार्यकालको लागी निर्वाचित कार्यसमितिको बरिष्ठ ऊपाध्यक्षमा युगेश लिङदेन लिम्बू , ऊपाध्यक्षमा ममता सुब्बा लाबूङ , महासचिवमा सुर्य लिङदेन लिम्बू , सचिवमा दिपक थेबे लिम्बू , कोषाध्यक्षमा पि के थक्लुङ लिम्बू , सह-कोषाध्यक्षमा लाजिमा सुब्बा नाल्बो तथा सदस्यहरुमा साबि लिङदेन लिम्बू, विमल चेम्जोङ लिम्बू, मणि लिबाङ लिम्बू, निर्मला कन्दङवा लिम्बू , बिवश माङमू लिम्बू , बानू तुम्बाहाम्फे लिम्बू , सम्झना लाबूङ लिम्बू , जिवन खजुम लिम्बू , सोनु पयाङगू लिम्बू र कृष्ण फोम्बो लिम्बू निर्वाचित भएका छन् भने बाकी ३ जना आगामी कार्यसमितिको पहिलो बैठकद्वारा मनोनीत गर्ने भएको छ ।

कियाचु अमेरीकाका कानुनी सल्लाहकार दुर्गा सुब्बाको संयोजकत्वमा रहेको निर्वाचन समितिमा सदस्यहरू मुनिन्द्र नेम्बाङ र गणित सुब्बाद्वारा बन्दशत्रको संचालन तथा निर्वाचन प्रक्रियाको भुमिका निर्वाह गरेका थिए । नवनिर्वाचित कार्यसमितीलाई तुम्याहाङ प्रेम मेयाङबो, मदत सम्बाम्फे , केशरमान लिम्बु , निर्वाचन समिति सदस्य मुनिन्ऽ नेम्बाङ, गणित सुब्बा साथै कियाचु पूर्व उपाध्यक्ष पुष्पलत्ता थाम्सुहाङले बधाई तथा शुभकामना व्यक्त गरेका थिए । नव निर्वाचित अध्यक्ष सुमन थाम्सुहाङ लिम्बुले आगामी आफनो कार्यकालमा कियाचुको आफनो चुम्लुङ हिम निर्माण गर्ने र यसको सुरूवात आफै बाट गर्ने भन्दै ५ हजार डलर दिएर सुरूवात गरेको घोषणा गरेका थिए । नेपाली अमेरीकन समुदायमा सधै एकढिक्का भएर समुदायको सेवामा समर्पित चुम्लुङ सन २००४ सालमा स्थापना भएको हो ।