2021-05-19

चुम्लुङ पोर्तुगलको नयाँ कार्यसमिति गठन

मिति २०७७ चैत ३० गते I किरात याक्थुङ चुम्लुङ पोर्तुगलको १२ अप्रिल २०२१ मा भएको जुम–मिटिङ्गको निर्णयानुसार गठन गरिएको नयाँ कार्यसमितिलाई आज मिति २५ अप्रिल २०२१ मा निर्वतमान अध्यक्ष तथा महासचिवले नयाँ कार्यसमितिका अध्यक्ष तथा महासचिवलाई पद तथा गोपानियताको सपथ ग्रहण सम्पन्न गराएको छ । नवगठित कार्यासमितिमा अध्यक्ष: प्रेम निङलेखु, अपाध्यक्ष: खगेन्द्र लिम्बू, उपाध्यक्ष:(महिला) कार्यासमितिले मनोनित गर्ने, महासचिव: राजकुमार लिम्बू, सचिव: वियोग लिम्बू, कोषध्यक्ष: बाबुराम तुम्बापो रहेका छन् । त्यस्तै सदस्यहरू: सरण लिम्बू, बिकाश लिम्बू, अमर लिम्बू, माया लिम्बू, राज लिम्बू, सगर लिम्बू र निकट भविष्यमा भौगोलिक, लैंगिक समाबेशिता साथै पोर्तुगलको लिम्बू समुदायप्रतिको सामाजिक योगदानलाई मुल्याङ्कन गर्दै बाँकी ६ जना सदस्यहरूलाई कार्यसमितिले नियुत्ति गरिने जानकारी गराएको छ ।

मौलिक भाषा, लिपी, धर्म, संस्कार, संस्कृतिहरु भएको लिम्बूहरू रोजगारी, अवसर तथा विविध सिलसिलामा विश्वका विभिन्न मुलुकहरूमा पुगेका लिम्बूहरूले आफ्नो मौलीक सामाजिक संस्थाका रुपमा किरात याक्थुङ चुम्लुङको स्थापना गरी प्रवासमा लिम्बू जातिहरूको मौलिक पहिचान, कला, संस्कार, संस्कृतिहरूको अपनत्व, जर्गेना र विकास गर्ने तथा आपसी सामाजिक सहकार्यका लागि सन् २०१४ मा स्थापना भएको किरात याक्थुङ चुम्लुङ, पोर्तुगलको केन्द्र लिम्बू, रिपुजंग निङलेखु, दिपा लिवाङले नेतृत्व गरिसकेका छन् ।

किरात याक्थुङ चुम्लुङ पोर्तुगलको संक्षिप्त इतिहास - रुकमान केरुङ लिम्बु निवर्तमान महासचिव

नेपालको पुर्वी–पहाडी इलाकामा बसोबास गर्ने लिम्बू जातिको आफ्नै भाषा, लिपी, धर्म, संस्कार, संस्कृती, परम्परा र रीतिरिवाजहरू छन् । पोर्तुगलमा बसोबास गर्दैआएका आप्रवासी लिम्बूहरू बिच पारस्परिक सरसहयोग, सद्भाव एंवम सुसम्बन्ध कायम गर्न आवश्यक देखिएकाले गैर–राजनैतिक, गैर–नाफामुलक विशुद्ध सामाजिक संस्थाको रुपमा किरात याक्थुङ चुम्लुङ, पोर्तुगलको परिकल्पना गरिएको हो । केन्द्र विक्रम लिम्बूको अध्यक्षतामा सन् २०१४ मा किरात याक्थुङ चुम्लुङ, पोर्तुगलको विधिवत स्थापना भएको थियो । सन् २०१६ मा किरात याक्थुङ चुम्लुङ, केन्द्रिय कार्यसमिती नेपालसँग समन्यय गरी विभिन्न कार्यक्रमहरू गर्दै आईरहेकोछ । लिम्बू जातिको भाषा, लिपी, धर्म, संस्कार, संस्कृती, परम्परा र रीतिरिवाजहरूको संरक्षण एंवम संम्बद्र्धन गर्ने उद्देश्य राखेको कियाचु, पोर्तुगलले लिम्बू जातिको संस्कृतिक बाजा के (च्याब्रुङ) ४ थानसाथै अन्य सांस्कृतिक महत्वका सामाग्रीहरू नेपालबाट पोर्तुगल ल्याइ सकेको छ ।कियाचु, पोर्तुगलको वर्तमान कार्यसमितिका अध्यक्ष दिपा लिवाङ हुनुहुन्छ भने निवर्तमान अध्यक्षहरू केन्द्र विक्रम लिम्बू, रिपुजंग निङलेखुहरूले कियाचु, पोर्तुगलको नेतृत्व गरिसक्नुभएकोछ ।

किरात याक्थुङ चुम्लुङ, पोर्तुगलको स्थापनाका उद्देश्यहरूः क. लिम्बू जातिको भाषा, लिपी, धर्म, कला, संस्कार, संस्कृति, भेषभुषा, रितिरिवाजहरूको संरक्षण तथा सम्बद्र्धनका गर्ने, ख. नेपालमा भएका लिम्बूहरूको ऐतिहासिक महत्वका वस्तुहरूको संरक्षण एंवम सम्बद्र्धनका लागि आर्थिक, नैतिक तथा भौतिक रुपमा सहयोग गर्ने, ग. पोर्तुगलमा बसोबास गर्ने लिम्बू दाजुभाइ तथा दिदीबहिनीहरू बीचमा आपसी पारस्परिक सरसहयोग तथा सुसम्बन्ध कायम गर्ने, घ. पोर्तुगलमा रहेका लिम्बू तथा गैर–लिम्बू दाजुभाइ तथा दिदीबहिनीहरूलाई भैपरी आउने विविध समस्याहरूलाई मध्यनजर गर्दै आर्थिक, नैतिक तथा भौतिक रुपमा सहयोग गर्ने आदि । किरात याक्थुङ चुम्लुङ, पोर्तुगलले स्थापना कालदेखि नै प्रत्येक साल विभिन्न कार्यक्रमहरू गर्दैआइरहेकोछ । विशेषतः लिम्बूहरूले मनाउदै आइरहेको मौलिक चाडहरू सिसेक्पा तङनाम (साउने सघ्राती), वलिहाङ तङनाम (तिहार), चासोक तङनाम (न्वागी पूजा), येले तङ्भे (नयाँ वर्ष), कक्फेवा तङनाम (माघे सघ्राती) आदि । कियाचु पोर्तुगलले विशेष गरी सिसेक्वा तङनाम (साउने संक्रान्ती)लाई ठूलो चार्डका रुपमा पोर्तुगलमा बसोबास गरिरहेका आप्रवासी नेपाली विशिष्ट व्यक्तित्वहरू, विभिन्न संघ–संस्थाहरूका अथितीहरू, गैर–लिम्बू दाजुभाइ तथा दिदीबहिनीहरूलाई पनि आमान्त्रण गरी सिसेक्वा तङनामको मुन्धुम, महत्व र प्रचलन आदिका बारेमा जानकारहरूको बुझाइ तथा अनुभवहरू सुन्ने÷सुनाउने, शुभकामना आदनप्रदान गर्ने गरिन्छ ।

किरात याक्थुङ चुम्लुङ, पोर्तुगलको अधिवेशन तथा साधारण सभा समेत यसै गरी विविध कार्यक्रमहरू गरी सम्पन्न गर्ने गरेको छ । यी चार्डपवमा केलाङ, धाननाच, हाक्पारे, ख्याली गाउदै नाच्दै विविध सांस्कृतिक कार्यक्रमहरू गर्ने गरेको छ । लिम्बू मौलिक भेषभुषा तथा खानेकुराहरूको पनि यथासम्भव सम्योजन प्रवासमा लिम्बू मौलिकपनको प्रस्तुति गर्र्नेे गरेको छ । किरात याक्थुङ चुम्लुङ, पोर्तुगललाई आर्थिक, नैतिक तथा भौतिक रुपमा सहयोग गर्ने हुने आदरणिय तुतु–तुम्याहाङहरूलाई सम्मान गर्ने गरेको छ । त्यस्तै विभिन्न क्षेत्रमा काम गर्नुभएका लिम्बू समुदायका स्रस्टाहरू पोर्तुगल, नेपाल साथै विश्वका जुनसुकै ठाँउ रहनुहुने व्यक्तित्वहरूलाई लाम्दाक (स्वागत)का साथै विविध साँस्कृतिक कार्यक्रमहरू समेत आयोजना गर्दै आएको छ ।कियाचु, पोर्तुगलले पोर्तुगल तथा अन्य मुलुकमा रहनुभएका लिम्बू तथा गैर–लिम्बू दाजुभाइ तथा दिदीबहिनीहरूलाई विभिन्न भैपरी आउने समस्याहरू भएको खण्डमा आर्थिक, नैतिक तथा भौतिक रुपमा सर सहयोग गर्दैआएको छ ।

पोर्तुगलमा बसोबास गरीरहेका आप्रवासी लिम्बूहरू आधिकारिक तथ्याङ्क उपलब्ध नभए पनि हाल करिब ४०० को हाराहारीमा लिम्बूहरू पोर्तुगलमा बसोबास गरिरहेको हुनसक्ने अनुमान गरिएको छ । कियाचु, पोर्तुगल लिम्बू दाजुभाइ तथा दिदीबहिनीहरू बीचमा भैपरी आउने समस्याहरूमा सर–सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको विशुद्द सामाजिक संस्था हो । बिशेषतः लिम्बू जातिको कला, संस्कार, संस्कृती, भाषा, लिपी, भेषभुषा, रितीरिवाजहरूको संरक्षण तथा सम्बद्र्धनका निम्ति एकजुटभई विभिन्न कार्यक्रमहरू गर्दैआईरहेको छ । प्रवासी भुमीमा आफनो रोजीरोटीको कामकाजबाट बाँकी समय निकाली यस संस्थाको उद्देश्य प्राप्तीका निम्ती विभिन्न तवरले स्थापनाकालदेखि वर्तमान अवस्थासम्म ल्याउन आर्थिक, नैतिक तथा भौतिक रुपमा सहयोग गर्नुहुने तमाम लिम्बू दाजुभाइ तथा दिदीबहिनीहरूको सरसहयोग र योग्दान रहेको छ ।