2021-05-31

याक्थुङ (लिम्बू) भाषा पाठ्यक्रम कक्षा ६–८ निर्माण जारी

मिति २०७८ वैशाख २९ गते काठमाडौं । पाठ्यक्रम विकास केन्द्र सानोठिभी भक्तपुरले प्राविधिक र विज्ञ सहयोग गरी किरात याक्थुङ चुम्लुङको समन्वयमा पाठ्यक्रम निर्माण कार्य जारी रहेको छ । आधारभूत शिक्षा (कक्षा ६–८) पाठ्यव्रmमको मस्यौदा तयार भई विभिन्न चरणमा रायसुझावको लागि छलफलहरु भइरहेका छन् । आधारभूत तह कक्षा ६–८ को याक्थुङ (लिम्बु) पाठ्यपुस्तक लेखनका लागि याक्थुङ (लिम्बु) भाषा पाठ्यक्रम आधारभूत तह (कक्षा ६–८) तयार हुन आवश्यक पर्दछ । २०५२ सालतिर लिम्बू भाषामा यसअघि नै कक्षा १ देखि ५ सम्म पाठ्यक्रम तथा सो अनुसार कक्षा १ देखि ५ सम्मका आनि? पाःन् पाठ्यपुस्तक निर्माण भएको थियो ।

मिति २०७७ चैत १९ गते गठन भएको आधारभूत तह कक्षा ६–८ को याक्थुङ (लिम्बु) भाषाका पाठ्यक्रम मस्यौदा विकास कार्यदल, २०७७ संयोजक प्रा.डा. गोबिन्दबहादुर सुब्बा रहनुभएको छ । सदस्यहरुमा दिलेन्द्र कुमार सुब्बा, दल बहादुर आङ्बुङ लिम्बु, पूर्ण कुमारी लिङदेन, डिल्लीराम सुब्बा, विष्णुमाया सिगक लिम्बु र अम्बर जङ लिम्बु रहनुभएको छ । पाठ्यक्रम विकास केन्द्रबाट निर्देशक टुकराज अधिकारी अधिकृत इन्दु कुमारी खनालले सहयोग गरिरहनुभएको छ । यस कार्यमा मुख्य समन्वयको भूमिका अम्बर जङ लिम्बु (अमर तुम्याङहाङ)ले गरिरहनुभएको छ । पाठयक्रम मस्यौदा निर्माण क्रममा थप विषय समिति बनाउने, शिक्षक कार्यशालाहरु आयोजना, समन्वय समितिबाट अनुगमन कार्यहरु गरिनेछन् । मस्यौदाको अन्तिमरुपलाई नमुना छपाईको रुपमा प्रकाशित गरिनेछ । यो आधारभूत तह कक्षा ६–८ को याक्थुङ (लिम्बु) पाठ्यपुस्तक लेखन तथा नमुना पुस्तक छपाईको लागि आवश्यक बजेटको लागि तेह्रथुम जिल्लाका ६ स्थानीय तहहरुलाई अनुरोध गरेको छ र सोको लागि सचिवालय सदस्य गोविन्द आङबुङले समन्वय गरिरहनुभएको छ ।

आधारभूत शिक्षा (कक्षा ६–८) पाठ्यव्रmमको मस्यौदामा उल्लेख छ कि ः नेपालमा धेरै मातृभाषाहरू रहेका छन्। ती मातृभाषाहरू मध्ये लिम्बु भाषा एक हो । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार आधारभूत शिक्षा मातृभाषा÷स्थानीय विषयको सिकाइ क्षेत्र प्रदान गरिने व्यवस्था रहेको छ । प्रारम्भिक बाल विकास र शिक्षामा बालबालिकाले आफ्नो मातृभाषामा सिक्ने अवसर प्राप्त गर्ने व्यवस्था अनुसार पठनपाठन हुने लिम्बु विषयका विषयवस्तु, भाषिक सिप, प्रकार्य र अभिव्यक्तिमा आधारित छन्। प्रकार्य र अभिव्यक्तिमा आधारित भई परिवर्तित सन्दर्भ, सामाजिक मूल्यमान्यता तथा भाषिक सिपका कार्यमूलक प्रयोगलाई समेत समेटी आधारभूत शिक्षा (कक्षा ६–८) को याक्थुङ (लिम्बु) भाषाको पाठ्यक्रम निर्माण गरिएको छ । यसमा बालबालिकालाई सिकाइप्रति उत्प्रेरित गराउन आवश्यक पर्ने ज्ञान, सिप र अभिवृत्तिगत सक्षमता, सिकाइ उपलब्धि, सिकाइ सहजीकरण व्रिmयाकलाप र मूल्याङ्कन प्रव्रिmयालाई विस्तारित रूपमा प्रस्तुत गरिएको छ । यो पाठ्यव्रmम विकास गर्दा दैनिक जीवनमा भाषा प्रयोगलाई सजिलो पार्ने र माथिल्लो तहको शिक्षा आर्जन गर्न आवश्यक पर्ने भाषिक क्षमता विकास गर्ने पक्षलाई जोड दिइएको छ । यसमा भाषिक सिप एवम्सक्षमता विकासका लागि मौखिक अन्तरव्रिmया, धारणा निर्माण र प्रस्तुति, सुनाइ र अभिव्यक्ति, सुनाइको तथ्य, प्रतिव्रिmया, सञ्चार, संस्कृति, अनुभूति, घटना, कल्पनासँगको सम्बन्ध एवम्दृष्टिकोण निर्माणमा जोड दिइएको छ ।

यसका साथै पठन र बोध, लेखन अभ्यास, शब्दभण्डारको ज्ञान तथा प्रयोग र कार्यमूलक व्याकरणको पहिचान र प्रयोगलाई समेत भाषा सिकाइका अङ्गका रूपमा समावेश गरिएको छ । सिकाइ उपलब्धिलाई सुनाइ, बोलाइ, पढाइ र लेखाइ सिपका आधारमा विस्तृतीकरण गरी भाषिक सिपगत पाठ्यभार, सिकाइ सजीकरणका सम्भावित कार्यकलाप र विद्यार्थी मूल्याङ्कनका प्रव्रिmया निर्देश गर्दै व्यवहारकुशल सिपलाई समेत समायोजन गरिएको छ । लिम्बु विषयको मुख्य प्रयोजन भाषिक सिप र सिर्जनात्मक क्षमताको विकास गर्नु हो । सुनाइ र बोलाइ सिप विकासका लागि यसमा मौखिक अन्तरव्रिmया, धारणा निर्माण र प्रस्तुति, सुनाइ र अभिव्यक्ति, सुनाइको तथ्य, प्रतिव्रिmया, सञ्चार, संस्कृति, अनुभूति, घटना, कल्पनासँगको सम्बन्ध एवम्दृष्टिकोण निर्माणमा जोड दिइएको छ ।

पठन र बोध, लेखन अभ्यास, शब्दभण्डारको ज्ञान तथा प्रयोग र कार्यमूलक व्याकरणको पहिचान र प्रयोगलाई समेत भाषा सिकाइका अङ्गका रूपमा समावेश गरिएको छ । यसले भाषिक सिपको विकास, भाषाको शुद्घ प्रयोग र स्तरीय अभिव्यक्ति शिल्प र व्यवहारकुशल सिप विकासमा जोड दिएको छ । विषयवस्तुको समायोजन गर्दा लिम्बु भाषासाहित्यका मूलभूत मूल्यमान्यतालाई ध्यान दिई पाठ्यव्रmमलाई सरल, प्रायोगिक, समयसापेक्ष र स्तरीय बनाइएको छ । यस पाठ्यव्रmममा ५० प्रतिशत भाषिक सिपगत निर्माणात्मक सिकाइ र ५० प्रतिशत भाषिक सिपगत निर्णयात्मक सिकाइ हुने गरी विषयवस्तुलाई व्यवस्थित गरिएको छ । यसबाट विद्यार्थीमा सञ्चार र अभिव्यक्तिका व्रmममा भाषाको शुद्घ प्रयोग गर्ने सिप, बोध एवम् सिर्जनात्मक क्षमताको विकास हुने अपेक्षा गरिएको छ ।