शिक्षामा लिम्बु भाषा पठनपाठनको अवस्था
By Amar Tumyahang Academician BS 2078 Jestha
पृष्ठभूमि
नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांंस्कृतिक (नेपालको संविधान, २०७२ को प्रस्तावना) विशेषतायुक्त राष्ट्र हो । नेपालमा बोलिने १२३ भाषाहरूमध्ये लिम्बू भाषा पनि एक हो । लिम्बू भाषा विभिन्न विधामा साहित्यिक रचना सिर्जना भएको र लेख्यपरम्पराको लामो इतिहास बोकेको भाषा हो । किरात सिरिजङ्गा लिपिमा लेखन पद्दतिसमेत विकास भइसकेको यस भाषाको प्रयोग अरूण र सप्तकोशी पूर्व– लिम्बूहरूको पुख्र्यौली भू–खण्ड लिम्बुवानमा हुन्छ । नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा लिम्बूहरूको जनसङ्ख्या ३,८७,३०० मध्ये लिम्बू मातृभाषा बोल्नेहरूको जनसङ्ख्या ३,४३,६०३ (८८.७२%) रहेको छ ।
उता भारतको सिक्किम राज्यमा भने सन् १९६८ मा लिम्बू भाषाको पठनपाठन आरम्भ भई सन् २०१८ सम्ममा स्नातकोत्तर तहसम्म पूरा भइसकेको छ । नेपालमा भने लेखन पद्धती र बहुसङ्ख्यक मातृभाषीहरू हुँदाहुँदै पनि लिम्बू भाषाको विकास हुन नसकेको अवस्था छ । भाषा विकासको मापन प्रयोगको व्यापकतामा निर्भर हुन्छ । परिवार र समुदायमा सीमित रहेको प्रयोगको वर्तमान अवस्थालाई भाषाको विकास मान्न सकिँदैन । प्रयोगकर्ताको आवश्यकता समुदायको तहबाट मात्र पूरा हुने कुनै समय थियो, तर अहिले व्यक्ति र समुदायको अन्तरक्रियात्मक क्षेत्रहरू व्यापक हुँदै गइरहेको अवस्था विकसित भएको छ । वर्तमान सन्दर्भमा विद्यालय शिक्षामा लिम्बू भाषाको पठनपाठनको निम्नअनुसार चर्चा गर्न सकिन्छ ।
शिक्षा
वि.सं. २०४७ सालमा जारी गरिएको संविधानले नेपालको बहुभाषिक यथार्थलाई स्वीकार ग¥यो । यस अनुसार नेपालका प्रत्येक समुदायले प्राथमिक तहसम्म मातृभाषामा पठनपाठन गर्न सक्ने अवसर प्राप्त गरे । यसको आधारमा लिम्बूभाषाको वैधानिक र सङ्गठित पठनपाठनको सुरुवात भयो । पाठ्यक्रम विकास केन्द्र, सानोठिमीले लिम्बू भाषाको ऐच्छिक विषयको रूपमा पठनपाठनका लागि २०५२ सालमा पाठ्यक्रम निर्माण गर्ने काम ग¥यो । वि.सं. २०५४ मा लिम्बू भाषा कक्षा १ का लागि आनि? पान् पाठ्यपुस्तकको लेखन भयो र यो पुस्तक २०५५ सालदेखि लिम्बू भाषामा ऐच्छिक विषय पठनपाठनको सुरुवात भयो । वि.सं. २०५८ कक्षा ५ सम्मको लिम्बू भाषाको आनि? पान पाठ्यपुस्क लेखन पूरा भयो । त्यसपछि करिब १२ वर्षको अन्तरालमा मातृभाषा पाठ्यक्रम तथा पाठ्यपुस्तक विकासका लागि मार्गदर्शन पुस्तिका आधारभूत तह (कक्षा ६–८) २०७० मा निर्माण भइ प्रकाशनमा आयो । तर लिम्बू भाषामा विषयको रूपमा पठनपाठन हुने आनि? पानको पाठ्यपुस्कत लेखन हुन सकिरहेको छैन ।
कक्षा १ देखि ८ सम्मलाई शिक्षाको आधारभूत तहका रूपमा लिने कुरा राष्ट्रिय पाठ्यक्रम प्रारूप २०६३ मा व्यवस्था गरियो । यस अनुसार पाठ्यक्रम विकास केन्द्रले २०६३ देखि मातृभाषामा विविध विषयहरू समेटेर बाल सन्दर्भ सामग्री प्रकाशन सुरु गरियो । यसअनुसार लिम्बू भाषामा पनि बाल सन्दर्भ सामग्रीको निर्माण गर्ने काम भयो । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले पनि राष्ट्रिय पाठ्यक्रम प्रारूप २०६३ ले व्यवस्था गरेको कुरालाई नै निरन्तरता दिएको छ । यसरी नै बहुभाषिक शिक्षा कार्यान्वयनका लागि पाठ्यक्रम विकास केन्द्रले वि.सं. २०६३ र २०६४ मा कक्षा १ र २ का विज्ञान, सामाजिक, गणित पाठ्यपुस्तकहरू समायोजन सहित अनुवाद गराए पनि यसलाई प्रकाशन र पठनपाठनमा ल्याउन सकेन ।
वि.सं. २०७२ मा परम्परागत शिक्षा अन्तरगत मुन्धुम निसामहिमहरूमा पठानपाठनका लागि मुन्धुम शिक्षाको पाठ्यक्रम आधारभूत तह कक्षा १–५, २०७२ पाठ्यक्रम निर्माण भयो । यही पाठ्यक्रममा आधारित भई वि.स.ं २०७३ मा आक्ष्गाऋ आएानति( (मेरो गणित), आक्ष्गाऋ आसाप्चाख् याम्जक् िनु थक्कन्जिोक( नसिाम् (मेरो विज्ञान, स्वास्थ्य तथा शारीरिक शिक्षा), आगाऋ आसष्(जुम्मबिा सक्नमि( नु वान(दम्बिो हक्यादमि( चो (मेरो सामाजिक अध्ययन तथा सिर्जनात्मक) र कािँत( याक्थुक्ष् पान( (किरात लिम्बू भाषा) पुस्तकहरूको लेखन भइसकेका छन् ।
वि.सं. २०६६ मा नेपाल सरकार शिक्षा मन्त्रालय शैक्षिक जनशक्ति विकास केन्द्रले बहुभाषिक शिक्षा १५ दिने शिक्षक तालिमका लागि प्रशिक्षक निर्देशिका ९यँक् िपाःन्बा नसिाम्ख् ज्ञछ यृन् थाँक् िकृहुऋसक्ष्बिा सक्सिाम्माँृन् हुऋमुनृत् आःेन्धाक्० र बहुभाषिक शिक्षा १५ दिने शिक्षक तालिमका लागि प्रशिक्षक स्वअध्ययन सामग्री ९यँक् िपाःन्बा नसिाम्ख् ज्ञछ यृन् थाँक् िकृहुऋसक्ष्बिा सक्सिाम्माँृन् आबाक्ष्ष्े नप्मा सामा० निर्माण भई प्रकाशन भयो र लिम्बू भाषा शिक्षक तामिलहरू सञ्चालन भए । तर यसले निरन्तरता र पूर्ण कार्यान्वयनको रूप लिन सकेन ।
अनौपचारिक शिक्षातर्फ किरात याक्थुङ चुम्लुङले लिम्बू भाषा तथा किरात सिरिजङगा लिपिमा अनौपचारिक शिक्षा कार्यक्रम २०५१ सालदेखि सुरु ग¥यो । तरङ भाग १ र भाग २ पाठ्यसामग्री तयार गरेर पूर्वाञ्चलका विभिन्न गाउँहरूमा लिम्बू भाषामा अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन ग¥यो । यस कार्यक्रमलाई अझ प्रभावकारी बनाउनका लागि चोत्लुङ भाग १ र भाग २ पाठ्यसामग्री समेत निर्माण गरि कार्यक्रम सञ्चालन ग¥यो । नेपाल सरकार शिक्षा मन्त्रालय अनौपचारिक शिक्षा केन्द्र सानोठिमीले २०६७ मा साङ्लाम पुस्तक र साङ्लाम फा?बोबा साप्पन (सहयोगी पुस्तक) प्रकाशित गरी विभिन्न जिल्लामा पठनपाठन भएको थियो । नेपालको संविधान, २०७२ ले “नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुन बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुनेछ” भनी मौलिक हकको धारा ३१ को उपधारा ५ मा उल्लेख गरेको छ ।
विद्यालय शिक्षामा लिम्बू भाषाको पठनपाठनको आवश्यकता
नेपालको सन्दर्भमा विद्यालय शिक्षा भन्नाले आधारभूत तह (कक्षा १–८) र माध्यमिक तह (कक्षा ९–१२) बुझिन्छ । विद्यालयमा मातृभाषा पठनपाठनका सम्बन्धमा बहुभाषिक शिक्षा निर्देशिका २०६६ ले मातृभाषालाई माध्यमको रूपमा र विषयको रूपमा अध्ययन अध्यापन गर्नु पर्ने उल्लेख गरेको छ । माध्यमको रूपमा पठनपाठन गर्दा भाषा विषय (नेपाली र अङ्ग्रेजी) बाहेकका सबै विषयको शिक्षण–सिकाइको माध्यम भाषा सामान्यतय मातृभाषामा हुनेछ भनी निर्देशिकाको बुँदा ४.३ मा व्यवस्था गरेको छ । सोही निर्देशिकाको ४.६ मा अनौपचारिक शिक्षामा मातृभाषा तर्फ आधारभूत साक्षरताको माध्यम भाषा स्थानीय मातृभाषा र साक्षरोत्तर शिक्षा स्थानीय मातृभाषा वा सम्पर्क भाषा वा दुवै भाषामा दिन सकिने व्यवस्था गरेको छ ।
यसै परिप्रेक्षमा लिम्बू भाषा औपचारिक तथा अनौपचारिक शिक्षा पठन पाठनमा संलग्न शिक्षक र सिरिजङ्गा लिपिमा लिम्बू भाषा स्वअध्ययन गर्नेहरूको सङ्ख्या उल्लेख्य रहेको छ । त्यसरी नै सञ्चारको क्षेत्रमा काम गर्नेहरूको सङ्ख्या पनि धेरै नै रहेको छ । उनीहरूबाट लिम्बू भाषाको संरक्षण र सम्बद्र्धनको लागि प्रभावकारी भूमिका निर्वाह हुँदै आएको छ । लिम्बू भाषा विकासमा संलग्न व्यक्तिहरूबीचमा लिम्बू भाषा लेखनसम्बन्धी मानक गोष्ठीहरूसमेत सम्पन्न भइरहेको छ । नेपालको संविधान २०७२, प्रदेश तथा स्थानीय निकायमा मातृभाषा सरकारी कामकाजमा प्रयोग गर्न पाउने संवैधानिक व्यवस्था गरेको छ । भाषाको कारणले न्याय, सूचना, सहभागिता, प्रतिनिधित्व र विकासका फल प्राप्त गर्ने अवसरबाट बञ्चित हुन पुगेका र अन्यायमा परेका लिम्बू मातृभाषीहरूलाई विद्यालय शिक्षा र उच्च शिक्षामा लिम्बू भाषाको व्यवस्थित पठनपाठनबाट राहतको अनुभूति गर्नेछन् । नेपालको संविधान, २०७२ ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अङ्गीकार गरिसकेको अवस्थामा प्रदेशहरूको अधिकारमा भाषा प्रयोग एक प्रमुख सवालको रूपमा रहेको छ । यसका लागि पनि अनौपचारिक तथा औपचारिक विद्यालय शिक्षा तथा उच्च शिक्षामा लिम्बू भाषाको पठनपाठनले बलियोे आधार खडा गर्नेछ ।
२०५५ सालदेखि लिम्बू भाषा तथा सिरिजङ्गा लिपिमा पाठयक्रम विकास केन्द्रले पाठयक्रम निर्माण एवम पाठयपुस्तक “आनि? पान” छपाई तथा वितरण गरेर लिम्बू भाषाको पाठयपुस्तक विद्यालयहरूमा लिम्बू भाषाको ऐच्छिक विषयमा पठनपाठन शुरुवात भई हाल आएर कक्षा ५ सम्ममा यो पुस्तक लिम्बुवान क्षेत्रको जिल्लाहरू स्थित् थुप्रै विद्यालयहरूमा यसको पठनपाठन भइरहेको छ । यसरी थुप्रै विद्यालयहरूमा पठनपाठन हुने यो लिम्बू भाषा तथा लिपिको लागि अधिकांशमा विभिन्न सङ्घसंस्थाहरूबाट प्रशिक्षित एवम् त्यही विद्यालयहरूमा उपलब्ध लिम्बू शिक्षकद्वारा अध्यापन भइरहेको अवस्था छ । यस सन्दर्भमा व्यवस्थित र उचित शिक्षा प्राप्त जनशक्ति अत्यन्त आवश्यक देखिने भएकोले आफ्नो मातृभाषामा आधारभूत शिक्षा पाउने वाल अधिकारलाई सुनिश्चि गर्न विद्यालय शिक्षा तथा उच्च शिक्षामा अध्ययन अध्यापन गरी उक्त जनशक्ति परिपूर्ति गर्न अत्यन्त आवश्यक देखिन्छ । कोसीपूर्व लिम्बुवानका विभिन्न जिल्लाहरूका विभिन्न विद्यालयहरूमा स्वयम् सेवकको रूपमा अध्यापन गराइरहेका छन् । केही स्थानीय तहहरुले स्थानीय स्तरमा पाठ्यक्रम बनाउने र स्थानीय तह स्तरमा नै पाठ्यपुस्तकहरु निर्माण गरी पठन पाठन गर्ने काम पनि भइ नै रहेका छन् ।
कक्षा १ देखि ५ सम्म याक्थुङ लिम्बु भाषाको स्तरीकरणको सिद्दान्तमा आधारित भएर पाठ्यक्रम र आनि? पाःन् पुस्तकहरुलाई लेखिएका थिए । अहिले आएर केही स्थानीय तहले कक्षा ६ र माथिल्लो कक्षाहरुमा पढाउनका लागि निर्माण गरेका पाठ्यक्रम र पाठ्यपुस्तकहरु याक्थुङ भाषाका एउटा निश्चित भाषिकामा केन्द्रित भएका छन् । यस किसिमका शैक्षिक सामग्रीबाट शिक्षा दिँदा स्तरीकरण भएको याक्थुङ भाषामा शिक्षा दिनु पर्ने सिद्दान्त परिपालना नभएको प्रतीत हुन्छ । सोही पाठ्यक्रम र पाठ्यपुस्तक याक्थुङ लाजे? लिम्बुवानका सबै जिल्ला र क्षेत्रमा पठानपाठन गर्न गराउन असहजताको स्थिति रहेको छ । यस प्रकारका सैद्धान्तिक र व्यवहारिक समस्यालाई हल गर्नका लागि नेपाल सरकार शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्रले नै कक्षा ५ देखि माथिको पाठ्यक्रम निर्माण गरी एकरुपता कायम गर्नु पर्ने अवस्था सिर्जना भएको छ । आधारभूत तह कक्षा ६–८ को लागि याक्थुङ लिम्बु भाषाको पाठ्यक्रम निर्माण गरी त्यसको आधारमा पाठ्यपुस्तक लेखन गरेर शीघ्रतिशीघ्र पठनपाठन गराउन सकिएमा माध्यमिक तह कक्षा ९ – १२ मा पनि याक्थुङ (लिम्बु) भाषा पठनपाठनको ढोका खुल्ने छ ।
लिम्बू भाषामा औपचारिक शिक्षा लिएर आफ्नो व्यक्तित्व विकास गर्ने वा करियर बनाउने र यस क्षेत्रमा विशेष काम गर्ने उत्साह बोकेको विद्यार्थीहरू र जनताहरू देखिएका छन् । यसको लागि स्थानीय आधारभूत तह र उच्च माध्यमिक विद्यालयमा कक्षा सञ्चालन गरी पठनपाठन गर्ने गराउने उदाहरणहरू पनि देखिएका छन् । जनताको यो उत्साहलाई सम्बोधन गर्दै व्यवस्थित र वैधानिक बनाउनको लागि उच्च शिक्षामा लिम्बू भाषाको पठनपाठन अत्यन्त आवश्यक देखिन्छ ।