2024-08-04

कियाचु इजरायल कल्याणकारी छात्रवृत्ति वितरण विवरण उपलब्ध गराउन सूचना

लिम्बुवानका ९ जिल्लाहरुमा विगत वर्षहरू वितरण गरिँदै आएकाे कियाचु इजरायक कल्याणकारी छात्रवृत्ति यस वर्ष पनि विगतका सालहरूमा जस्तै  कियाचु ३६ औं स्थापना दिवसको अवसरमा वि. सं. २०८१ भाद्र १७ गते हुने जानकारी गराउदै । गत साल वितरण गरिएको विद्यार्थीहरुको विद्यालयको सिफारिस, मार्कसिट, चारित्रिक प्रमाणपत्र र कियाचु जिल्लाको सिफारिस केन्द्रीय कार्यालयमा २०८१ भाद्र ५ गते भित्र अनिवार्य उपलब्ध गर्न अनुरोध  छ। नोगेन ।
नोट : इलाममा १ जना नयाँ । इनपा  नदोहोर्‍याउने गरी र तेह्रथुम जिल्लामा १ जना नयाँ म्याङ्लुङ नदोहोर्‍याउने गरी छनाैट गर्नुहुन पनि सम्बन्धीत जिल्ला समितिलाइ अनुरोध छ । सुनसरीमा आवश्यक समन्वयकाे अनुरोध छ ।
 
वि. सं. २०८१ साउन २० 
निरन्ती तुम्बापो 
महासचिव 
किरात याक्थुङ चुम्लुङ संघीय  कार्यसमिति