2026-06-17

लैन–राधिका साहित्य पुरस्कार

प्रस्तावना
 
याक्थुङ भाषा र किरात सिरिजङ्गा लिपिको माध्यमबाट साहित्य रचना गरी साहित्यिक रचना वा कृतिमार्फत् सालवसाली याक्थुङ साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान दिने उत्कृष्ट साहित्यकारलाई पुरस्कृत गरी सम्मान गर्न ‘लैन–राधिका साहित्य पुरस्कार’ स्थापना गरिएको छ ।
 
उद्देश्य
मौलिक याक्थुङ साहित्य रचना गरी याक्थुङ साहित्य प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति वा समूहलाई सम्मानस्वस्प पुरस्कार प्रदान गर्ने ।
पुरस्कार राशी
पुरस्कारको राशी रू. ५०,००५।– (पचास हजार पाँच रुपैयाँ) सहित एक प्रमाण–पत्र हुनेछ ।
 
सहभागिता
मौलिक याक्थुङ साहित्य (याक्थुङ छन्दमा लेखिएका पद्य वा गद्य काव्य, आख्यान, नाटक, लोक काव्य, आदि) सम्बन्धी प्रकाशित कृतिहरू सहभागी हुनेछन् । पुरस्कृत प्रतिभा छनौट समितिलाई सम्बन्धित प्रतिस्पर्धीबाट उपलब्ध वा अन्य कुनै स्रोतबाट प्राप्त प्रकाशित मौलिक कृतिहरूलाई सहभागी गराइनेछ । कृतिको आधारमा व्यक्ति वा समूहले जति पटक पनि सहभागी हुन पाउनेछ । सहभागी कृतिहरू मौलिक हुनुका साथै नवीन साहित्यिक आयाम (नवीन प्रयोग, साहित्यिक वाद आदि) सहितको सृजनात्मक हुनु पर्नेछ । प्रतिपश्पर्धामा सहभागी कृतिहरू हरेक येले तङ्बेको लगतैको वर्षको कःक्फेक्वादेखि सिसेक्ला महिनाभित्र प्रकाशित भएको हुनुपर्ने छ । कृति लिम्बु भाषा र किरात सिरिजङ्गा लिपिमा हुनुपर्दछ ।
 
संस्थापक
लैन–राधिका साहित्य पुरस्कारका लागि अक्षय कोषमा रू. १६,००,०००/– (सोह लाख रूपियाँ) रकम प्रदान गर्ने ललितपुर जिल्ला तिखेदेवल निवासी श्री लैनबहादुर लिम्बु तथा श्रीमती राधिका हुक्पा चोङबाङ ’नाम्फुङ’ र परिवारलाई संस्थापक दाता सम्झनु पर्दछ ।