2026-07-04

लैन–राधिका साहित्य पुरस्कार लागि कृति आव्हान

सूचना !

प्रथम पटक प्रकाशित मिति २०८२ जेठ २५ गते)
 
लैन–राधिका साहित्य पुरस्कार नियमाली–२०८२ अनुसार लैन–राधिका साहित्य पुरस्कार प्रत्येक वर्षमा वितरण गर्नु पर्ने प्रावधान अनुरुप यस वर्ष २०८२ साल पुरस्कार वितरण वर्ष परेकाले लैन–राधिका साहित्य पुरस्कार सञ्चालक समितिको २०८३ जेठ २४ गते बसेको बैठकको निर्णय अनुसार सूचना प्रकाशित भएको मितिले १ महिना (२०८३/०२/०२५ देखि २०८३/०३/२४ गते) भित्र नियमावलीको दफा ९ को प्रावधान पूरा गरेका कृति किरात याक्थुङ चुम्लुङ सङ्घीय/केन्द्रीय कार्यालयमा अपरान्ह ५ः०० बजे भित्र पेस गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।
 
प्रावधानहरू
- मौलिक याक्थुङ साहित्य (याक्थुङ छन्दमा लेखिएका पद्य वा गद्य काव्य, आख्यान, नाटक, लोक काव्य, आदि) सम्बन्धी प्रकाशित कृतिहरू । 
- सहभागी कृतिहरू मौलिक हुनुका साथै नवीन साहित्यिक आयाम (नवीन प्रयोग, साहित्यिक वाद आदि) सहितको सृजनात्मक हुनु पर्नेछ ।
- कृति लिम्बु भाषा र किरात सिरिजङ्गा लिपिमा लेखिएको हुनुपर्दछ ।
- प्रतिस्पर्धाको लागि प्रस्तुत हुने प्रतिभाका कृति वा कृतिहरू सम्बन्धित व्यक्तिले तोकिएको ढाँचा (यसै सूचनाका साथमा संलग्न फारम) मा स्वयम् आफैले वा प्रतिनिधिले प्रस्तुत गर्नु पर्नेछ । 
- प्रतिपश्पर्धामा सहभागी कृतिहरू सन् २०२५ भित्र प्रकाशित भएको हुनुपर्ने छ । 
 
थप जानकारीका लागि ९८४९१०२७११, ९८५१२१३८६८, ९८१००७१४३९
 
मति : २०८३ जेठ २५ गते