रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार लागि कृति आव्हान
सूचना !
(प्रकाशित मिति २०८३ असार १९ गते) रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार २०६७ को नियमावली अनुसार रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार प्रत्येक २/२ वर्षमा वितरण गर्नु पर्ने प्रावधान अनुरूप यस वर्ष २०८३ साल पुरस्कार वितरण वर्ष परेकाले रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार सञ्चालक समितिको निर्णय अनुसार सूचना प्रकाशित भएको मितिले १५ दिन (२०८३/०३/१९ देखि २०८३/०४/०१ गते) भित्र निम्न प्रावधान पूरा गरेका कृति किरात याक्थुङ चुम्लुङ सङ्घीय/केन्द्रीय कार्यालयमा अपरान्ह ५ः०० बजेभित्र पेस गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।
प्रावधानहरू
१. प्रतिस्पर्धाका लागि सहभागी कृति किरात सिरिजङ्गा लिपि, याक्थुङ पाःन् (लिम्बू भाषा), यसैको देवनारी लिपि (लिम्बु भाषा) मा लिप्यान्तरण र देवनागरी लिपिमा नेपाली भाषामा उल्था गरिएको ।
२. किरात सिरिजङ्गा लिपि, याक्थुङ पाःन् (लिम्बु भाषा), देवनारी लिपि (लिम्बु भाषा)मा लिप्यान्तरण र नेपाली वा अङ्ग्रेजी भाषामा उल्था गरिएको ।
३. प्रतियोगितामा सहभागी कृति यो सूचना प्रकाशित भएको मितिले ३ महिना अगाडि प्रकाशित तथा सकेसम्म विमोचित भएको हुनुपर्ने ।
४. मुन्धुम वाहेकका कृतिहरूलाई यस प्रतिस्पर्धामा सहभागी गराइने छैन ।
थप जानकारीका लागि ९८४१२४५००८, ९८४१३४२८८५, ९८१००७१४३९
मिति : २०८३ असार १९ गते

